पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य फेरि बढ्यो

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य फेरि बढ्यो
नेपाल आयल निगमले पेट्रोल तथा डिजलको मुल्य ८ रूपैयाँ र मट्टीतेलको मूल्य १२ रूपैयाँ बढाएको छ । भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो। यसअघि जेठ १९ गते प्रतिलिटर १० रूपैयाँ पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य समायोजन गरेको निगमले अब नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १ सय ७८ र डिजेल र मट्टितेलको १ सय ६५ रूपैयाँ पर्ने जनाएको छ । पेट्र...

लुम्बिनी सरकारको प्राथमिकतामा कृषि

लुम्बिनी सरकारको प्राथमिकतामा कृषि
दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नीति कार्यक्रममा कृषिलाई प्राथमिकता दिइएको छ । प्रदेश प्रमुख अमिक शेरचनले सार्वजनिक गरेको नीति कार्यक्रममा कृषिलाई पहिलो प्राथमिकता दिइएको छ । शिक्षा र पर्यटनमा पनि धेरै कार्यक्रम र नयाँ नीति अघि सारिएको छ । सरकारले सिंगो लुम्बिनी प्रदेशलाई प्रविधिमैत्री बनाउने गरी ‘डिजिटल प्रदेशको आधार, हात हातमा प्रदे...

लक्ष्य पूरा गर्न दैनिक ६ अर्ब ४४ करोड खर्चिनुपर्ने

लक्ष्य पूरा गर्न दैनिक ६ अर्ब ४४ करोड खर्चिनुपर्ने
चालू आर्थिक वर्ष २०७८/०७९ को बाँकी ३८ दिनमा ६५ प्रतिशत पुँजीगत बजेट खर्च गर्नुपर्ने भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले शतप्रतिशत पुँजीगत खर्च गर्न हरेक दिन ६ अर्ब ४४ करोड रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । सरकारले चालू आर्थिक वर्षमा ३ खर्ब ७८ अर्ब रुपैयाँ बराबरको पुँजीगत खर्च गर्ने लक्ष्य लिएको थियो । तर, बुधबारसम्म अर्थात् ३ सय २७ दिनमा सरकारले १ खर्ब ३३ अर्ब रुपैयाँ मात्र खर्च ...

आज निर्जला एकादशी, तुलसीको बीउ राख्ने दिन

आज निर्जला एकादशी, तुलसीको बीउ राख्ने दिन
काठमाडौं । ज्येष्ठ शुक्ल एकादशी अर्थात् निर्जला एकादशी। सनातन धर्मावलम्बीले शुक्रबार तुलसीको दल (बीउ) राख्दैछन्। निर्जला एकादशीमा जलरहित (पानीसमेत नखाई) उपवास बस्ने विधान वैष्णव ग्रन्थहरूमा उल्लेख छ। ती ग्रन्थमा यो दिन गरिने स्नान, उपवास र दानको महिमा उल्लेख छ। निर्जला एकादशीका दिन राखेको दलको बिरुवा एक महिनापछि अर्थात् आषाढ शुक्ल एकादशीका दिन आँगनमा रहेको मठमा रोपिन्छ। यसरी रोपिएको तुलसीलाई...

चार प्रदेशमा लगातारजसो वर्षा : लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भने गर्मी बढ्दो

चार प्रदेशमा लगातारजसो वर्षा : लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भने गर्मी बढ्दो
काठमाण्डौ । देशका चार प्रदेशमा लगातारजसो पानी परिरहेको छ । प्रदेश १, वाग्मती, गण्डकी र मधेस प्रदेशमा लगातारजसो पानी पर्दा बाढी पहिरोको जोखिम उच्च भएको छ । लगातारको वर्षाले खोलानालामा पानीको सतह बढेको छ भने पहिरोका कारण मुख्य राजमार्गसहित ग्रामीण सडकको यात्रा कष्टकर हुन थालेको छ । आज पनि यी चार प्रदेशमा हल्कादेखि मध्यमखालको वर्षा हुने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँ...

वित्तीय साक्षरता कक्षाका सहभागीलाई सीप तालिम र आयआर्जनमा जोड्दै जैमिनी

वित्तीय साक्षरता कक्षाका सहभागीलाई सीप तालिम र आयआर्जनमा जोड्दै जैमिनी
बागलुङको जैमिनी नगरपालिकाले पालिकामा सञ्चालन भएको वित्तीय साक्षरता कक्षाका सहभागीको मागलाई सम्बोधन गर्नका लागि आर्थिक वर्ष २०७८र८९ मा ४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । बजेटबाट कक्षाका सहभागीको माग अनुसार सीप तालिम सञ्चालन गरिरहेको छ भने आयआर्जनमा जोड्नका लागि पालिकाको अन्य कार्यक्रमसँग जोड्दै अनुदानसमेत दिइरहेको छ ।

आँबुखैरेनीमा सडक भासियो, दुईतर्फी यातायात अवरुद्ध

तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आबुखैरेनी गाउँपालिका वडा नं. ४ ड्याम नजिक सडक भासिएको छ । गएरातिदेखि परेको अबिरल वर्षाको कारण करिब २० मिटर सडक भासिएपछि दुईतर्फी नै यातायात बन्द भएको छ । सडकको भाग तलबाट भासिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । तत्काल मर्मतसम्भार पनि गर्न नसक्ने भएपछि सवारी साधनहरुलाई जताबाट ...

बन्चरेडाँडावासीसँग १९ बुँदे सहमति, फोहोर ढुवानी रातिमात्र

बन्चरेडाँडावासीसँग १९ बुँदे सहमति, फोहोर ढुवानी रातिमात्र
काठमाडौं । काठमाडौं महानगरपालिका र सिसडोल बञ्चरेडाँडा–कुँडुले ल्याण्डफिल साइट क्षेत्रका बासिन्दाबीच १९ बुँदे सहमति भएको छ । महानगरपालिका र स्थानीय बासिन्दाबीच गएराति १ बजेतिर सम्पन्न बैठकमा फोहोर ढुवानी गर्ने कार्य दीर्घकालीनसम्म रातिमा मात्र गर्ने र रातिको लागि आवश्यक बत्ती तथा बाटोको निर्माण महानगरपालिकाले तीन महिनाभित्र गर्ने लगायतका सहमति भएको हो । सिसडोल तथा बन्चरे डाँडामा फोहोरको दुर्ग...

चितवनमा बसको ठक्करबाट सहचालकको मृत्यु

चितवनमा बसको ठक्करबाट सहचालकको मृत्यु
चितवन । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाको मौवाखोला नजिकै आज बिहान बसले ठक्कर दिंदा एकजना सहचालकको मृत्यु भएको छ । काठमाण्डौबाट भारतको सिलगढीतर्फ जाँदै गरेको बा ५ ख ७८४३ नम्बरको ९नेपाल(भारत मैत्री० बसको ठक्करबाट सोही बसका सहचालकको मृत्यु भएको हो । मृत्यु हुनेमा सुनसरी झुम्का बस्ने २३ वर्षका जनक दाहाल रहेका छन् । दाहालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव...

सैनामैनाको कपास उद्योगमा आगलागी

सैनामैनाको कपास उद्योगमा आगलागी
बुटवल । रुपन्देहीको सैनामैनास्थित एक कपास उद्योगमा आगलागी भएको छ । सैनामैना नगरपालिका–६ कलौनी पुरानो बजारमा रहेको शिव भवानी कपास उद्योगमा शुक्रबार बिहान आगलागी भएको हो । आगोलाई सैनामैना नगरपालिका र बुटवल उपमहानगरपालिकाका ३ वटा दमकल, प्रहरी, सेना, जनप्रतिनिधि, नगर प्रहरी र स्थानीयले ३ घण्टापछि नियन्त्रणमा लिएका छन् । आगलागीबाट उद्योगको भवन, कच्चा पदार्थ लगायत जलेर नष्ट हुँदा ८६ लाख र...