सेलिब्रिटीको हर्कत : बच्चालाई दूध पिलाउँदै रेडवाइनमा मस्त

सेलिब्रिटीको हर्कत : बच्चालाई दूध पिलाउँदै रेडवाइनमा मस्त
वासिङ्टन, अमेरिकी टेलिभिजन रियालिटी शो होस्टर, रेस्लर तथा डान्सर निकोल पोलिज्जी तीन सन्तानकी आमा पनि हुन् । अचेल उनी आफ्नो ८ हप्ताको छोरालाई हुर्काउँदै छिन् । उही ८ हप्ताको शिशुलाई काखमा च्यापेर खिचेको उनको तस्बिर भाइरल भएको छ । तस्बिरमा छोरालाई च्यापेकी मात्रै छैनन्, काखको छोरालाई दुध पिलाउँदैछिन् । आफू भने ‘रेड वाइन’ पिउँदै छिन् । तै पनि आफू असल आमा भएको भन्दै उनले इन्स्टाग्राममा लेखेकी ले...

लोकलय फ्युजन गरेर र्‍याप

लोकलय फ्युजन गरेर र्‍याप
काठमाडौं, कञ्चनपुरका राजेन्द्र भट्ट मिस्टर आरजेको नामबाट चर्चित छन्। उनले लोकलयलाई र्‍यापमा फ्युजन गरेर उनले नयाँ मेलोडीको प्रयोग गरे नेपाली संगीतमा। उनको प्रयोग दर्शकले मन पराए। लोक र र्‍याप लयको फ्युजनमा गजबको डान्सिङ गीत तयार भयो। यति यति पानी, मायाको चक्काजाम, नौटंकी माया, पिच गर्दिन्छु रोड, ओई भुन्टीजस्ता सुपरहिट गीतमा उनकै संगीत, शब्द र र्‍याप पनि मिसिएको छ। पछिल्लो समय उनका गीतले करोडौं ...

प्रेमका लागि ‘हजार जुनीसम्म’ प्रतीक्षा

प्रेमका लागि ‘हजार जुनीसम्म’ प्रतीक्षा
काठमाडौं, आउँदो साउन ३० गतेबाट प्रदर्शनमा आउने फिल्म ‘हजार जुनीसम्म’ को ट्रेलर सार्वजनिक गरिएको छ। राजधानीमा शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको ट्रेलरमा फिल्मको कथासार देखाइएको छ। सार्वजनिक ट्रेलरमा फिल्मका अधिकांश कलाकार फिचर्ड छन्। आर्यन सिग्देललाई ट्रेलरमा दुई गेटअपमा देख्न सकिन्छ भने उनले ‘हजार जुनीसम्म’ पनि आफ्नो प्रेमलाई पर्खिएको विषयमा केन्द्रित छ। ट्रेलरमा स्वस्तिम...

सम्झुँ सम्झुँ लाग्यो मलाई

सम्झुँ सम्झुँ लाग्यो मलाई
  कतै टाढा तिमीबाट पुगे भने कल्पेर नबस्नु, ठूलो छ संसार, हजार छन् मुटु, आफैंमा हराई बर्बाद नहुनु। अरुण थापाको स्वरमा रहेको यो गीत पलेँटी शृंखलामा विक्रम गुरुङले गाएर दिवंगत गायक थापालाई समर्पण गरे। अरुण थापासँग सांगीतिक सहयात्रा गरेका विक्रम गुरुङले कालिकास्थानस्थित आरशाला स्टुडियोमा महफिल तताए। हरेक अंग्रेजी महिनाको अन्तिम शुक्रबार, शनिबार र आइतबार तीन दिन पलेँटी सांगीतिक कार्यक्रम सञ्चा...

राहदानीबाट पाँच करोड ३४ लाख राजस्व

राहदानीबाट पाँच करोड ३४ लाख राजस्व
विराटनगर, मोरङमा राहदानी वितरणबाट गत आर्थिक वर्ष पाँच करोड ३४ लाख २३ हजार सात सय ५० रुपैयाँ राजस्व संकलन भएको छ। जिल्ला प्रशासन कार्यालय मोरङले आइतबार आव २०७५र०७६ को वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै सबैभन्दा बढी राजस्व राहदानीबाट प्राप्त भएको जानकारी दिएको हो। जिल्ला प्रशासनले एक वर्षमा नौ करोड ८५ लाख आठ हजार चार सय ९९ रुपैयाँ राजस्व संकलन गरेको छ। कार्यालयका प्रवक्ता एवं सहायक प्रमुख ज...

मुआब्जाले छेक्यो रेलको बाटो

मुआब्जाले छेक्यो रेलको बाटो
विराटनगर, १० वर्षदेखि कायम मुआब्जा विवाद सुल्झिन नसक्दा मोरङको बुधनगर–कटहरी रेलमार्गको निर्माण अनिश्चित बनेको छ। नेपालतर्फ जग्गाको मुआब्जा विवाद सुल्झिन नसक्दा रेलमार्गको काम अन्यौलमा परेको हो। रेलमार्ग निर्माण गर्ने काम सुरु भएदेखि उत्पन्न विवाद हालसम्म समाधान भएको छैन। भारत सरकारको सहयोगमा सन् २०११ मा भारतको बथनाहा–विराटनगर–कटहरी रेलमार्ग निर्माणको काम सुरु भएको थियो। सोही समयदेखि बुधनगर–कटहर...

झाँक्रीपानीमा ‘भ्यू टावर’

झाँक्रीपानीमा ‘भ्यू टावर’
बेनी, मंगला गाउँपालिका–३ स्थित झाँक्रीपानीमा ‘भ्यू टावर’ निर्माण भएको छ। सुर्योदय, हिमशृंखला र पहाडी भूगोलको दृष्यावलोकन गर्न आउने पर्यटकको सुविधाका लागि गाउँपालिकाको सहयोगमा स्थानीयले श्रमदान गरेर तीनतले भ्यू टावर बनाएका हुन्। १४ मिटर अग्लो टावर बनाउन गाउँपालिकाले २० लाख रुपैयाँ सहयोग गरेको उपभोक्ता समितिका सचिव कोमल थापाले बताए। ‘उपभोक्ताले सात लाख रुपैयाँ बराबरको श्रमदान गरेका छौं’, थापाले भ...

राष्ट्र बैंकले तेह्र अर्बको ट्रेजरी बिल बिक्री गर्दै

राष्ट्र बैंकले तेह्र अर्बको ट्रेजरी बिल बिक्री गर्दै
काठमाण्डौ, नेपाल राष्ट्र बैंकले सोमबार १३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले बोलकबोलकको माध्यमबाट ट्रेजरी बिल बिक्री गर्न लागेको हो । बैंकले बोलकबोल प्रक्रियामा सहभागी भई ट्रेजरी बिल खरीदका लागि आग्रह गरेको छ । बैंकले यसअघि पनि यही साउन ६ गते ट्रेजरी बिल बिक्री गरेको थियो ।

वारपाक सडकको ठेक्का रद्ध, नागार्जुन त्रिशुली जेभीलाई कालोसूचीमा राख्ने तयारी

वारपाक सडकको ठेक्का रद्ध, नागार्जुन त्रिशुली जेभीलाई कालोसूचीमा राख्ने तयारी
गोरखा, गोरखा वारपाक सडक अन्तर्गत पहिलो खण्ड निर्माणको काम अलपत्र पार्ने नागार्जुन त्रिशुली जेभीसँगको ठेक्का सम्झौता रद्ध भएको छ । पटक पटक ताकेता गर्दा पनि सम्पर्कमा नआएपछि ठेकेदार कम्पनीसँगको ठेक्का सम्झौता रद्ध गरिएको हो । ठेकेदार कम्पनीले गोरखा वारपाक सडकखण्डको जरेवरदेखि खहरे आसपाससम्मको सडक कालोपत्रेको ठेक्का लिएको थियो । १७ महिनामा काम सम्पन्न गर्ने गरी २०७१ असार ३१ गते ठेक्का सम्झौता भए पन...

प्रदेश ३ सरकारकोे खर्च : खर्च गर्नेमा आर्थिक मामिला मन्त्रालय अगाडि

प्रदेश ३ सरकारकोे खर्च : खर्च गर्नेमा आर्थिक मामिला मन्त्रालय अगाडि
मकवानपुर, प्रदेश नम्बर ३ का सबै मन्त्रालय र कार्यालयमध्ये धेरै खर्च आर्थिक मामिला मन्त्रालय र सबैभन्दा कम खर्च आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गरेको छ । गएको आर्थिक वर्ष २०७५र०७६ मा आर्थिक मन्त्रालयले कुल ८० दशमलव ३४ प्रतिशत खर्च गरेको छ । आन्तरिक मामिला मन्त्रालयले भने कुल १८ दशमलव ९९ प्रतिशत खर्च गरेको हो । आर्थिक मामिला मन्त्रालयले कुल बजेट ७ अर्ब ८७ करोड २ लाख ९१ हजार मध्ये ६ अर्ब ३...