सडक भासिएको स्थानबाट कार खसेको देखियो, गोताखोर परिचालित

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ डम्पीमा सडक भासिएको स्थानबाट एउटा कार तल खसेको देखिएको छ । सडकबाट तल मर्स्याङ्दी नदीको खोंचमा कार खसेको देखिएको घटनास्थलमा रहेका तनहुँ प्रहरी प्रमुख राजेन्द्रबाबु रेग्मीले जानकारी दिए । उनका अनुसार गोताखोर, उद्धारकर्ता र स्वास्थ्यकर्मीसहितको टोलीलाई त्यहाँ परिचालन गरिएको छ । प्रहरीका अनुसार उक्त कार आबुखैरेनीबाट मुग्लिङ तर्फ जाँदै गरेको भनिए पनि ...

चितवनको तोपे खोलामा सुक्खा पहिरो, मुग्लिन-नारायणगढ सडक फेरि अवरुद्ध

चितवनको तोपे खोलामा सुक्खा पहिरो, मुग्लिन-नारायणगढ सडक फेरि अवरुद्ध
चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको तोपे खोलामा सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी अवरुद्ध भएको छ । बागमती ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरका अनुसार आज बिहान पौने ९ बजेको समयमा इच्छाकामना गाउँपालिका–६ तोपेखोला नजिकै सुख्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो । हिजो पनि पहिरोका कारण सवारी साधन बीचबाटोमै रोकिएका थिए । राभरको प्रयासमा पहिर...

नेपालमा कन्डमको प्रयोग न्यून

नेपालमा कन्डमको प्रयोग न्यून
काठमाडौं, चिकित्सकहरुले नेपालमा कन्डमको प्रयोग सन्तोषजनक हुन नसकेको बताएका छन् । अन्तर्राष्ट्रिय कन्डम दिवसको अवसरमा आइतबार राजधानीमा भएको एक कार्यक्रममा चिकित्सकहरुले कन्डमका फाइदा धेरै हुँदा पनि यसको प्रयोग न्यून भएको बताएका हुन् । उनीहरुले कन्डम परिवार नियोजनको अस्थायी साधनमात्रै नभई अनिच्छित गर्भसमेत रोक्ने स्पष्ट पारे । त्यस्तै कन्डमको प्रयोगले असुरक्षित यौन सम्पर्कबाट हुने एचआईभी एड्स सं...

बलात्कारपछि हत्या लुकाउन प्रमाण नष्ट

बलात्कारपछि हत्या लुकाउन प्रमाण नष्ट
गुलरिया, भारतमा नेपाली बालिका १२ वर्षीया सुमित्रा विकको बलात्कारपछि हत्या घटना लुकाउन प्रमाण नष्ट पार्न खोजेको पाइएको छ। घरबेटीसहित उनका आफन्तले दबाब दिएपछि डरत्रासका कारण डेराबाट सय मिटर दूरीमा शव जलाइएको सुमित्राका भिनाजु नवलसिंह विकले बताए। नवलसिंह पनि सुमित्राको अन्त्येष्टिमा सहभागी भएका थिए। ‘घटनाको कुनै पनि प्रमाण राख्न पाएनौं। चैनपुर थानाका थानेदार र घरबेटीका आफन्तबीच घटना दबाउन भएको फोन...

‘विद्युत् माग बढाउनु चुनौती’

‘विद्युत् माग बढाउनु चुनौती’
काठमाडौं , नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत्को माग बढाउन सक्नु चुनौतीपूर्ण भएको बताएका छन्। प्राधिकरणको १७औं कार्यकारी निर्देशकको रूपमा नियुक्ति पाएका शाक्यले आइतबार कार्यभार सम्हाल्दै अहिलेको प्रमुख चुनौती विद्युत् माग र खपत बढाउनु रहेको बताए। ‘एनी हाउ लोड बढाऊ भन्ने नारा नै अघि बढाउनुपर्छ। नत्र प्राधिकरण ठूलो आर्थिक जोखिममा पर्न सक्छ।’ कार्य...

संवैधानिक विवादको निकास

संवैधानिक विवादको निकास
संविधान र कानुन दुवै नियम नै हुन्। दुवैले मुलुकलाई विधिको शासन सञ्चालन गर्न र नागरिक, सरकार, कानुनी व्यक्तिसमेतका आचरण र व्यवहारलाई नियमन गर्न भूमिका निर्वाह गर्छ। कानुनका दृष्टिमा सबै बराबर हुन्छन् भने सबैले आफ्नो अधिकार पाउँछन्। मानव सभ्यताको सुरुवातदेखि कानुन छन् तर ती प्राकृतिक थिए, जसले प्रकृतिलाई पनि नियमबद्ध गरेको थियो। जस्तै– दिन र रात, जाडो र गर्मी, ऋतुअनुसार वनस्पति फुल्नु र फल्नु। ऋतुअन...

भारतीय नाकामा झमेला

भारतीय नाकामा झमेला
स्थलमार्ग हुँदै सबैभन्दा धेरै पर्यटक भित्रिने नाका हो, रूपन्देहीको बेलहिया। यो नाका करिब एक वर्षदेखि ठप्प छ। कोरोना महामारीमा बन्द गरिएका नेपाल–भारत सीमा नाका खोल्ने निर्णय सरकारले गरे पनि बेलहियाबाट भित्रिन चाहने पर्यटकले अनुमति पाएका छैनन्। लुम्बिनी प्रदेशका नेपालगन्ज, कृष्णनगर र महेशपुर नाकाको अवस्था पनि उस्तै छ। आउजाउमा रोक लगाइएकै छ। जिल्ला प्रशासनको आदेशमा कडाइ गरिएको नाकामा खटिएका सुरक्ष...

गृहमन्त्रीको राजीनामा माग्दै दाङमा प्रदर्शन

गृहमन्त्रीको राजीनामा माग्दै दाङमा प्रदर्शन
दाङ, महिलाको जीवन सुरक्षाको न्यूनतम वातावरणसमेत बनाउन नसक्ने गृहमन्त्री रामबहादुर थापा ९बादल० को राजीनामा माग्दै दाङका नागरिक समाज, मानव अधिकारकर्मी र अन्तरपार्टी महिला सन्जालले सरकारलाई ज्ञापन पत्र बुझाएका छन् । बालिका र महिलामाथि भैरहेका जघन्य अपराध, असुरक्षा र निरन्तर हिंसा सहेर बाँच्नु पर्ने वातावरण बदल्न नसक्ने गृहमन्त्रीलाई पदमा बसिरहने नैतिक अधिकार नभएको उल्लेख गर्दै उनीहरुले आइतबार दाङक...

कांग्रेसले भन्यो : सामाजिक सन्जाल व्यवस्थापन निर्देशिका अधिनायकवादतर्फको अर्को फड्को

कांग्रेसले भन्यो : सामाजिक सन्जाल व्यवस्थापन निर्देशिका अधिनायकवादतर्फको अर्को फड्को
काठमाडौं, नेपाली कांग्रेसले सामाजिक सन्जाल व्यवस्थापनका नाममा अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्न खोजिएको भन्दै विरोध गरेको छ । व्यापक विरोधका बाबजुद सरकारले ‘सामाजिक सन्जाल व्यवस्थापन निर्देशिका’का नाममा संसदमा विचाराधीन विवादास्पद सूचना प्रविधि विधेयक ल्याउने तयारी गरेको भन्दै कांग्रेसले आपत्ति प्रकट गरेको छ । कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले आज जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘काम...

कोरोना संक्रमणले बेलायतमा थप २ नेपालीको मृत्यु

काठमाडौं, कोरोना भाइरस कोभिड १९को संक्रमणका कारण विदेशमा थप २ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ ९एनआरएनए०का अनुसार पछिल्लो साता बेलायतमा २ जना नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । यससँगै विदेशमा मृत्यु हुने नेपालीको संख्या ३३५ पुगेको छ । हालसम्म २१ देशमा कोरोना संक्रमणले नेपालीको मृत्यु भएको एनआरएनएले जनाएको छ । एनआरएनए अनतर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव ...