कांग्रेसले आज ७७ वटै जिल्लामा प्रदर्शन गर्दै

कांग्रेसले आज ७७ वटै जिल्लामा प्रदर्शन गर्दै
काठमाडौं, नेपाली कांग्रेसले आज ९सोमबार० देशैभर प्रदर्शन गर्दैछ । संसद विघटन गर्ने केपी ओलीको कदमविरुद्ध कांग्रेसले जिल्लामा विरोध प्रदर्शन गर्न लागेको हो । गत माघ १३ गतेको निर्णयअनुसार नै जिल्ला समितिको आयोजनामा ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्न लागिएको नेपाली कांग्रेसले जनाएको छ । जिल्लामा प्रदर्शनपछि हुने विरोध सभालाई कांग्रेसका शीर्ष नेताले सम्बोधन गर्नेछन् । पूर्व निर्धारित कार्यक्रमअन...

लुम्बिनी प्रदेशले आज स्थापना दिवस मनाउँदै, राप्ती गाउँपालिकामा मूल समारोह

लुम्बिनी प्रदेशले आज स्थापना दिवस मनाउँदै, राप्ती गाउँपालिकामा मूल समारोह
काठमाडौं, लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको मूल समारोह आज स्थायी राजधानी दाङमा आयोजना गर्दै छ । मूल समारोह फागुन प्रदेश राजधानी दाङ देउखुरीको मौरीघाटस्थित राप्ती प्राविधिक शिक्षालय परिसरमा हुने छ । मूल समारोहमा प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख, प्रदेशका मन्त्रीहरु, उपसभामुख, प्रदेशका सांसदहरुलगायतको सहभागिता रहने छ । कार्यक्रममा ५८ जनालाई विभिन्न पदकले विभूषित गरिने छ । गत असोज ३...

कस्तो रह्यो मुख्यमन्त्री शेरधन राईको तीन वर्षे कार्यकाल ? सरकारका उपलब्धि २२० बुँदामा सार्वजनिक

विराटनगर, प्रदेश १ सरकार गठन भएको आज तीन वर्ष पूरा भएको छ । पहिलो पटक प्रदेशसभा गठनपछि २०७४ फागुन ३ गते मुख्यमन्त्री राईले दुई तिहाइ बहुमतसहित प्रदेश १ सरकारको नेतृत्व गरेका थिए । तीन वर्षको अवधीमा प्रदेशका संरचना निर्माणसँगसँगै संघीयता कार्यान्वयनमा प्रदेश सरकारले भूमिका खेलेको छ । शून्यबाट सुरु भएको प्रदेश सरकारमा महत्पूर्ण उपलब्धिहरु हासिल गरेको प्रदेश सरकारको तर्क छ । प्रदेश १ सरकारले प्...

सिंहदरबारको पूर्व, उत्तर र दक्षिणी भागको पुनर्निर्माण सकिएपछि आज उद्घाटन

सिंहदरबारको पूर्व, उत्तर र दक्षिणी भागको पुनर्निर्माण सकिएपछि आज उद्घाटन
काठमाण्डौ, भूकम्पले क्षतिग्रस्त सिंहदरबारको पूर्व, उत्तर र दक्षिणी भागको पुनर्निर्माण सकिएको छ । आन्तरिक साजसजावटसमेत सकेर आज प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन गर्ने तयारी छ । उद्घाटनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सार्ने तयारी भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । सिंहदरबारको मूल भवनमा ७० महिनापछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सर्न लागेको हो । करीब छ...

देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली ः काठमाण्डौमा फाट्टफुट्ट पानी पर्ने

काठमाण्डौ, काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको मौसममा आंशिकदेखि सामान्य बदली भएको छ । आज हिमाली जिल्लामा हिमपात र पहाडी केही जिल्लामा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कडेलले बताउनुभयो । उहाँका अनुसार आज दिउँसोपछि काठमाण्डौ उपत्यकामा पनि फाट्टफुट्ट पानी पर्ने सम्भावना पनि छ । पश्चिमी वायुको प्रभावकै कारण देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएको मौसमविद् कडेलले बताउनुभयो । पश्...

मुस्लिम बालबालिका पढ्ने मदरसा निर्माण गर्न हिन्दू समाजसेवीले गरे जग्गादान

मुस्लिम बालबालिका पढ्ने मदरसा निर्माण गर्न हिन्दू समाजसेवीले गरे जग्गादान
काठमाण्डौ, झापाको विर्तामोड नगरपालिका–३ मा मुस्लिम समुदायका बालबालिकाले अध्ययन गर्ने धार्मिक विद्यालय मदरसा बनाउन एक हिन्दू समाजसेवीले जग्गादान गर्नुभएको छ । मदरसा निर्माणका लागि समाजसेवी विष्णुमाया प्रसाईंले १५ लाख रुपैयाँ पर्ने १२ धुर जग्गा दान गर्नु भएको प्रदेशसभा सदस्य एकराज कार्कीले जानकारी दिनुभयो । अरु जग्गा सहुलियत मूल्यमा खरिद गरेर आठ कठ्ठा जग्गा पुर्याइने र मदरसा भवन निर्माण गरिने मदर...

सरकार गठनको तीन वर्ष पूरा

काठमाण्डौ, प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठनको तीन वर्ष पूरा भएको छ । राजनीतिक स्थिरता, समृद्धि र सुशासनको नारासहित २०७४ फागुन ३ गते ओली नेतृत्वको सरकार गठन भएको थियो । आफ्नो नेतृत्वको सरकारले स्थिरता, विकास र सुशासनमा चमत्कारपूर्ण काम गरेको प्रधानमन्त्रीको दाबी छ । तर सरकारका काममाथि विभिन्न प्रश्न उठ्न थालेका छन् । पार्टीभित्र उत्पन्न विवादकै कारण प्रधानमन्त्रीले प्रतिनिधिसभा व...

नागरिक कहिलेसम्म ‘भेडा’ बनिरहने ?

नागरिक कहिलेसम्म ‘भेडा’ बनिरहने ?
वि.सं. २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर एवम् लौहपुरूष गणेशमान सिंहले तत्पश्चातको चुनावमा आफ्नी श्रीमती मङ्गलादेवी सिंह र पुत्र प्रकाशमान सिंह दुवै पराजित भएपछि रिसको झोकमा राजधानीवासीलाई ‘भेडा जनता’ को संज्ञा दिए । यो संज्ञा, ‘पदवी’ र ‘बिम्ब’ लाई कालान्तरमा नागरिक आफैँले पनि रमाइलो मानी गफगाफ हुँदा ‘हामी त भेडा नै रहेछौँ’ भन्दै आत्मस्वीकारका अभिव्यक्ति बेलाबेलामा प्रकट गर्ने गरेका छन् । ...

प्रदेश अस्पताल सुर्खेतका ६ जना चिकित्सकमा कोरोना, हप्ता दिनको लागि ओपीडी सेवा बन्द

प्रदेश अस्पताल सुर्खेतका ६ जना चिकित्सकमा कोरोना, हप्ता दिनको लागि ओपीडी सेवा बन्द
सुर्खेत, प्रदेश अस्पताल सुर्खेतका ६ जना चिकित्सकको रिपोर्ट कोरोना पोजेटिभ आएपछि एक हप्ताका लागि ओपीडी सेवा बन्द भएको छ । एक हप्तापछि अवस्था हेरेर अर्को निर्णय गर्ने अस्पतालका निर्देशक डा। डम्बर खड्काले बताउनुभयो । यसअघि अस्पतालका तीन जना चिकित्सकमा कोरोना सङ्क्रमण देखिएको थियो । अस्पतालका अनुसार सङ्क्रमण देखिएकामा दुई जना कन्सल्ट्यान्ट र ४ जना मेडिकल अधिकृत हुन् । थप एक स्वास्थ्यकर्मीमा पनि सङ्क...

कोरोना सङ्क्रमित गाउँ घुमेपछि डोटीको दुवातल गाउँ सिल

कोरोना सङ्क्रमित गाउँ घुमेपछि डोटीको दुवातल गाउँ सिल
डोटी, डोटीको बोगटान फुड्सिल गाउँपालिका ४ सात्फरीको दुवातल गाउँ १४ दिनका लागि सिल गरिएको छ । भारतबाट गाउँ फर्किएका एकजना युवामा कोरोना भाइरसको संक्रमणको पुष्टी भएपछि दुवाताल गाउँ सिल गरिएको वडाअध्यक्ष दीपबहादुर बमले बताउनुभयो । भारतबाट फर्किएका उनी गाउँमा घुमिरहेको पाइएपछि अरुलाई संक्रमण हुन नदिन पूरै गाउँ नै सिल गर्नु परेको वडा अध्यक्ष बमको भनाइ छ । दुवातल गाउँ सिल गरिएसँगै गाउँमा भएका सबैको...