बुटवलमा थप एकजना कोरोना संक्रमित पुरुषको ज्यान गयो

रुपन्देही, बुटवलको कोरोना विशेष अस्पतालमा थप एक जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । कपिलवस्तु नगरपालिका १ का ५० वर्षका पुरुषको उपचारको क्रममा गएराति ज्यान गएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डाक्टर बिष्णु गौतमले जानकारी दिनुभएको छ । मधुमेह, रक्तचापलगायत समस्या रहेका ती पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ आएपछि भदौ ५ गतेदेखि अस्पतालमा राखेर उपचार भइरहेको थियो । बुधबार बेलुका स्वास्...

बारामा कोरोना संक्रमित गर्भवतीसहित दुई जनाको मृत्यु

बारा, बारामा कोरोना सङ्क्रमित गर्भवतीसहित दुई जनाको ज्यान गएको छ । बाराको हर्दिया ४ की २३ वर्षकी गर्भवतीलाई वीरगञ्जको नारायणी अस्पतालको आइसोलेशनमा भर्ना गरिएको थियो । उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि उनलाई गएको सोमबार अस्पताल भर्ना गरिएको थियो । भर्ना पश्चात उनमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि अस्पतालको पीसीआर प्रयोगशालामा उनको स्वाब परीक्षण गरिएको र रिपोर्ट पोजेटिभ आएको अस्पतालले...

गण्डकी प्रदेशमा कोरोनाका कारण एक जनाको ज्यान गयो, २५ जना सङक्रमित थपिए

काठमाण्डौ, गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणका कारण एक जनाको ज्यान गएको छ । कास्कीको पोखरा महानगरपालिका ११ की ३२ वर्षकी महिलाको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डाक्टर अर्जुन आचार्यले जानकारी दिनुभयो । योसँगै गण्डकी प्रदेशमा मात्रै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । यस्तै गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना सङ्क्रमण पुष्...

रोल्पामा एक जनाको हत्या

रोल्पामा एक जनाको हत्या
रोल्पा, रोल्पामा एक जनाको हत्या भएको छ । परिवर्तन गाउँपालिका–६ बागमाराका ४० वर्षीय मन बहादुर बादीको हत्या भएको रोल्पाका प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिनुभयो । हत्याको आरोपमा स्थानीय ४४ वर्षीय रामचरण बादीलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । उनले चिर्पट दाउराले हानेर मन बहादुरको हत्या गरेको स्वीकार गरेका प्रहरीले जनाएको छ ।

सिरहामा विपन्नका लागि फुड बैंक : ‘चाहियो भने लिएर जानुस्, नभए दिएर जानुस्’

सिरहामा विपन्नका लागि फुड बैंक : ‘चाहियो भने लिएर जानुस्, नभए दिएर जानुस्’
सिरहा, सिरहामा जारी निषेधाज्ञाका कारण मारमा परेका विपन्न र रोजगारी गुमाएका परिवारलाई लक्षित गरी सदरमुकाम राजविराजमा ‘फुड बैंक’ स्थापना गरिएको छ । सिरहा युनाइटेड संस्थामा आवद्ध युवाले ‘फुड बैंक’ स्थापना गरी सामाजिक सञ्जाल फेसबुकमार्फत खाद्यान्न सङ्कलन गरिरहेका छन् । ‘चाहियो भने लिएर जानुस्, नभए दिएर जानुस्’ भने नाराका साथ युवाले स्थापना गरेको ‘फुड बैंक’ बाट दैनिक १०र१२ सम्‍मले खाद्यान्न लगायत सामा...

घर अगाडिको बाटोमा बाघ भालु छन् भन्ने सोचौँ

घर अगाडिको बाटोमा बाघ भालु छन् भन्ने सोचौँ
काठमाण्डौ, पछिल्ला दिनहरुमा काठमाण्डौ उपत्यकालगायतका विभिन्न जिल्ला तथा पालिकाहरुमा निषेधाज्ञाका आदेश जारी भएका छन् । यस निषेधाज्ञालाई दोश्रो लकडाउन, लकडाउन दुई वा पहिलोको राष्ट्रव्यापीभन्दा कम क्षमताको जिल्ला तहमा मात्र भएको आँकलन गरेको देख्छु । तर मेरो विचारमा यो निषेधाज्ञा पहिलो चरणकोभन्दा अझ गहन, गम्भीर र विषम अवस्थामा लगाइएको निषेध हो । पहिलो लकडाउन जनरल बेडमा राखी गरिएको उपचार थियो भने यो ग...

‘परीक्षणको दायरा बढाएर मात्रै कोरोनासँग लड्न सकिँदैन’

‘परीक्षणको दायरा बढाएर मात्रै कोरोनासँग लड्न सकिँदैन’
काठमाण्डौ, काठमाण्डौ लगायत कोरोना भाइरसको सङ्क्रमण बढी देखिएका जिल्लाका विभिन्न ठाउँमा निषेधाज्ञा लगाइएको छ । देशभर सङ्क्रमितको संख्या बढ्दै जाँदा सरकारले गम्भीर बिरामीबाहेक अरुलाई सकेसम्म भर्ना नै नलिन अस्पतालहरुलाई भनेको छ । सबैको होम आइसोलेशनमा बस्न सक्ने अवस्था नरहेकोले लक्षण नभएका सङ्क्रमितलाई राख्ने आइसोलेशनको व्यवस्थापन गर्ने काम सरकारको हो । निषेधाज्ञाको यो समयमा सरकारले रोकथाम र नियन्त्र...

नेपालमा कोरोनाका कारण गर्भवतीसहित थप ६ जनाको ज्यान गयो

नेपालमा कोरोनाका कारण गर्भवतीसहित थप ६ जनाको ज्यान गयो
काठमाण्डौ, नेपालमा आज कोरोना सङ्क्रमणका कारण गर्भवतीसहित ६ जनाको ज्यान गएको छ । आज पर्सामा तीन बुटवलमा दुई तथा पोखरामा एक जना गरी थप ६ जनाको ज्यान गएको हो । बाराको हर्दिया ४ की २३ वर्षकी गर्भवती, पर्साको धोवीनी गाउँपालिकाका ७२ वर्षका पुरुष, वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ बहुवरीका ६२ वर्षका पुरुषको उपचारका क्रममा नारायणी अस्पतालमा ज्यान गएको हो । यस्तै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रुपन्द...

बेसिन्दा पहिरो पिडितलाई राजनितिक बिलो

बेसिन्दा पहिरो पिडितलाई राजनितिक बिलो
बेसिन्दा पहिरो पिडितका समस्या, सरकारी निकायका हालसम्मका प्रयासका विषयमा रिपोर्टिङ गर्न गत साउन २५ गते तिर सदरमुकाम खाँदबारीबाट पत्रकारको टोली (ध्यान कुलुङ–गोरखापत्र, खेवाहाङ मेवाहाङ–सगरमाथा टेलिभिजन, स्थानीय संयोगान्त कुलुङ र म) त्यसतर्फ लाग्यौँ । हिउँदमा शिलिचोङका अधिकांश वडासम्म सवारी यात्रामा पुगिने भएपनि असारे विकासका योजनामा मर्मत र निर्माण गरिएका सडकहरु अहिले संखुवा खोलाले अरुण नदीमा मिसाउँद...

प्रदेश १ मा बाढी पहिरो स् १३ जना बेपत्ता, तीनजनाको जिवितै उद्धार

शुक्रबारयताको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी प्रदेश १ मा १३ जना बेपत्ता भएका छन् । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार पहिरोमा परी ११ जना र बाढीले बगाउँदा २ जना बेपत्ता भएका हुन् । आइतबार बिहान करिब २ बजे राति संखुवासभा सिलिचोङ गाउँपालिका– १ को बेसिन्दा भन्ने स्थानमा पहिरोमा परी ११ जना बेपत्ता भएका छन् । बेसिन्दामा ९ वटा घर पहिरोले बगाएको छ । गाउँपालिका अध्यक्ष रामबहादुर राईका ...