भोजपुर, दोस्रो कोशी प्रदेश स्तरीय आई.टी.एफ तेक्वान्दो प्रतियोगिता भोजपुरमा सम्पन्न भएको छ । प्रतियोगिताको उपाधी १२ गोल्ड मेडल सहित सुनसरी जिल्लाले उपाधी हात पारेको छ । ८ ओटा गोल्ड मेडल आफ्नो पोल्टामा पार्दै मोरङ जिल्ला दोस्रो भएको छ भने ७ गोल्ड मेडल सहित झापा जिल्ला तेस्रो भएको छ ।
प्रतियोगितामा आयोजक टिम सहित ९ जिल्लाको सहभागीता रहेको प्रतियोगितामा भोजपुर र ईलाम जिल्लाले दुईदुई गोल्ड मेडल हात पारेका छन् भने ताप्लेजुङ र उदयपुरले एकएक गोल्ड मेडल प्राप्त गरेका छन् । प्रतियोगिता भोजपुर नगरपालिका नगरप्रमुख कैलाश आले मगरको प्रमुख आतिथ्यमा र नेपाल आई.टि.एफ तेक्वान्दो महासंघका केन्द्रिय अध्यक्ष प्रविण कुमार कार्कीको विशेष आतिथ्यमा सम्पन्न भएको हो ।
प्रतियोगिता कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजन तथा कोशी प्रदेश आई.टि.एफ तेक्वान्दो संघको आयोजना र भोजपुर आई.टि.एफ तेक्वान्दो संघको सहआयोजनामा भोजपुर सदरमुकाममा बैशाख १२ र १३ गते सञ्चालन भएको हो ।









