संखुवासभा, उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे गृह जिल्ला सङ्खुवासभामा सम्मान गरिएको छ । अरुण तेश्रो अनुगमनको क्रममा गृह जिल्ला सङ्खुवासभा आएका सचिव घिमिरेलाई खाँदबारी नगरपालिकाले सम्मान गरेको हो ।
सचिव घिमिरेलाई अभिनन्दन पत्र, रुद्राक्षको माला र अल्लोको कपडाले सम्मान गरिएको हो । सचिव घिमिरे खाँदबारी नगरपालिका वडा नं. १ का हुन् । उनले सङ्खुवासभा लगायत जिल्लाको विकासमा महत्वपुर्ण योगदान प¥याएको भन्दै नगरपालिकाले सम्मान गरेको हो । यसअघि विद्युत विकास विभागमा रहदा देखि नै जिल्लाको विद्युत विकासमा उनले ठुलो योगदान पुर्याएको नगरपालिकाका प्रमुख मुरारी प्रसाद खतिवडाले बताए। आगामी दिनमा पनि जिल्लाको विद्युत विकासमा भुमिका खेल्ने अपेक्षा रहेको समेत खतिवडाले बताए ।
सम्मान प्रति धन्यवाद दिदै घिमिरेले सङ्खुवासभा विद्युत उत्पादनको हव बनाउन सकिने बताए । जिल्लामा ठुला साना गरि करिव दुई दर्जन जति विद्युत उत्पादन हुने नदिहरु रहेकोले र त्यसबाट विद्युत निकाल्न सके नेपालको आवश्यकता सङ्खुवासभाले मात्र पनि पुरा गर्न सक्ने बताए । अहिले अरुण तेश्रो निर्माणको काम भईरहेको र अव लगत्तै अप्पर अरुणको काम पनि सुरु हुने उनले जानकारी दिए ।









