संखुवासभा, चीन सरकारले खाँदबारी नगरपालिकालाई उपलब्ध गराएको एम्बुलेन्स कार्यविधि नबन्दा त्यसै थन्किएको छ। एम्बुलेन्स एक वर्ष अघि नै चीन सरकारले उपलब्ध गराएको भए पनि कार्यविधि नै नभएको भन्दै थन्किएको छ । विरामीलाई सेवा दिन ल्याइएको एम्बुलेन्स चलाउदै नचलाई विग्रिने अवस्थामा पुगेको छ।

नगरपालिकाले विभिन्न कारण देखाउँदै एम्बुलेन्स सेवा दिन आना(कानी गर्ने गरेको छ। गत साउन महिनामा चैनपुर नगरपालिका १० की गर्भवती कला राईको जिल्ला अस्पताल खाँदबारीमा उपचार हुन सकेन । कलाका आफन्तले चौतर्फी एम्बुलेन्सको खोजे तर नपाए पछि खाँदबारी नगरपालिकालाई खवर गर्दा कार्यविधि बनेको छैन भनने जवाफ पाए । हामीले चालक र भाडा दर तोकेपछि मात्र सेवा दिन सक्ने जवाफ पाएको राईले बताए ।

जिल्लामा निजी तथा सरकारी गरी आधा दर्जन एम्बुलेन्स संचालन भए पनि धेरै जसो विग्रिएर थन्किएका छन् । खाँदबारी नगरपालिकाका प्रमुख मुरारी खतिवडाले कार्यविधि नबनाएका कारण एम्बुलेन्स सुचारु गर्न नसकिएको स्वीकार गरे । नगरप्रमुख खतिवडाले भने हामीले चाँडै कार्यविधि बनाएर सेवा सुचारु गर्ने बताए ।

हाल खाँदबारी नगरपालिकामा चार जना सवारी चालक कार्यरत छन् । खाँदबारी नगरपालिकामा सवारी साधनको मर्मत र इन्धनका नाममा लाखौँ रकम खर्च हुने गरेको स्रोतको भनाइ छ । जटिल प्रकृतिका विरामीलाई तत्कालै एम्बुलेन्स सेवा चाहियो भने यात्रु बोक्ने गाडीले साधनको प्रयोग गर्नु पर्ने बाध्यता छ। यात्रु बोक्ने गाडीले सेवा दिए पनि चर्को शुल्क अशुल्ने गरेका छन् ।
थाहा खबरबाट

तपाईको प्रतिक्रिया