सखुवासभा, जिल्लाको चैनपुर बजारमा १ नम्बर प्रदेश स्तरीय लाखे नाच प्रतियोगीता हुने भएको छ । नेवार समुदायको साँस्कृतिक नृत्यको रुपमा रहेको लाखे नाच संरक्षण गर्ने उदेश्यले प्रतियोगीताको आयोजना गरिएको चैनपुर समाज सेवा युवा क्लबका अध्यक्ष रञ्जन श्रेष्ठले बताए । आगामी मंसीर ७ देखि ९ गतेसम्म चैनपुर बजारमा प्रतियोगीता हुने आयोजकले जनाएको छ ।

प्रतियोगीतामा सहभागी भई पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुने टिमलाई क्रमश ५५ हजार ५ सय ५५, ३३ हजार तीन सय ३३, २२ हजार २ सय २२ र ११ हजार एक सय ११ साथमा प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया