तुम्लिङटार, डेङ्गी नियन्त्रणका लागि नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दल क्षेत्रीय कार्य समिति क्षेत्र नं. १ संखुवासभाले तुम्लिङटार बजार सरसफाई गरेको छ ।
डेंगीको प्रकोप बढेपछी तरुण दलका १ सय १३ जनाको सहभागीतामा सरसफाई गरिएको नेपाली कांग्रेसका क्षेत्रीय सभापति तथा तरुण दल क्षेत्रीय सभापति उमेश चौहानले बताए ।
तुम्लिङटार आसपासका क्षेत्रमा डेंगीका आधा दर्जन बढी बिरामी रहेका छन् । अन्य मानिसहरुलाई प्रकोप नबढोस् भन्नका लागि सरसफाई गरिएको चौहानले बताए ।







