तुम्लिङटार, संखुवासभाको खाँदबारी नगरपालिका ९ तुम्लिङटारको एक गोदाममा आगलागी भएको छ । स्थानीय प्रविण शेर्पाको पेय पदार्थ तथा चाउचाउको गोदाममा आगलागि भएको प्रहरीले जनाएको छ ।

गोदाममा कोही नभएको बेला विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने बताइएको छ । दिउँसो साढे १ बजे लागेको आगो प्रहरी र स्थानीयको सहयोगमा ४ बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगलागीका कारण भएको क्षतीको विवरण भने यकिन भएको छैन ।

तपाईको प्रतिक्रिया