काठमाण्डौ, नेपाल र चीनबीच विभिन्न १७ वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । सोल्टी होटलमा आयोजित विशेष समारोहकाबीच सम्झौता पत्र आदान प्रदान गरिएको हो ।

दुई दिने नेपाल भ्रमणमा आउनु भएका चिनियाँ राष्टपति सी जिनपिङ र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा बसेको उच्चस्तरीय वार्तापछि सम्झौता भएको हो ।

सम्झौता पत्र दुवैको उपस्थितिमा आदान प्रदान गरिएको छ । समझदारी पत्रमा टोखा– छहरे सुरुङमार्ग निर्माण, रसुवागढी–काठमाण्डौ र तातोपानी–काठमाण्डौ सडक स्तरोन्नति, मदन भण्डारी विश्व विद्यालयलगायत विषय समेटिएका छन् ।

तपाईको प्रतिक्रिया