पाँचखपन, पाँचखपन नगरपालिकामा नगर स्तरीय तेक्वान्दो संघ गठन गरिएको छ । संखुवासभा तेक्वान्दो संघ अध्यक्ष लक्ष्मण लिङ्थेप र उपाध्यक्ष ध्रुव खड्काको उपस्थितिमा आइतबार संघ गठन गरिएको हो । सुवास मोक्तानको अध्यक्षतामा ७ सदस्यीय नगर स्तरीय समिति गठन गरिएको सहसचिव सुवोध श्रेष्ठले बताए । उपाध्यक्षमा सुवास साँवा, सचिवमा प्रेमदोर्ची शेर्पा र कोषाध्यक्षमा रत्नमान तामाङ चयन भएका छन् ।
यस्तै सल्लाहकार समिति संयोजकमा मुक्ति कुमार श्रेष्ठ चयन भएका छन् । पाँचखपनमा तेक्वान्दो खेल विस्तारका लागि संघ गठन गरिएको ध्रुव खड्काले जानकारी दिए ।









