बाला, सिलिचोङ गाउँपालिका क्षेत्रमा सञ्चार सेवा सञ्चालन गर्नेे स्काई टावरमा विद्युत जडान भएको छ । सिलिचोङ–२ बालामा रहेको स्काई टावर सौर्य शक्तिको भरमा सञ्चालित थियो । सञ्चारको क्षेत्रमा पछाडी परेको शिलिचोङ गाँउपालिकामा स्काई टावर राखेपछि सहज भएको थियो । तर विद्युत नभएको कारण दैनिक १२ घण्टामात्र उपभोग गर्न सकिन्थ्यो ।
हाल विद्युत जडान भएपछि २४ सै घण्टा सञ्चार सेवा प्राप्त गर्ने बताईएको छ । घाम अस्ताएसंगै सञ्चारबाट टाढा हुनु पर्ने वाध्यताबाट मुक्त भएको स्थानीय भुपालराज मेवाहाङले बताए । सञ्चार आभावसंगै दैनिक कामकाजमा समस्या झेल्ने गरेको सिलिचोङ बासीको मुहारमा यत्तिबेला खुसी छाएको छ ।
नेपाल टेलिकम धनकुटाबाट प्राविधिक टोलि आएर स्थानीय सिसुवाखोला लघु जलविद्युतबाट विजुली पुराई जडान गरिएको वडाध्यक्ष मोहनसम्सेर कुलुङले बताए । गाउँपालिकाको गतिविधीमा समेत सहज नभएको र यस कार्यले सहज भएको उनको भनाई छ ।
स्काई टावरमा विद्युत जडान पश्चात जिएसएमको टावर पनि चाँडै राखिने र यसबाट अझ वा सुविधा लिन सकिने भएको छ ।




