काठमाण्डौ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पूरै देश ुलकडाउनु गर्ने घोषणा गरेका छन् ।

मङ्गलबार राति देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न लकडाउन गर्ने घोषणा गरेका हुन् ।

२१ दिने लामो‌ लकडाउन मङ्गलबार राति १२ बजेदेखि सुरु हुने छ ।

भारतले सीमा नाका बन्द गरेको छ भने अन्तर्राष्ट्रिय उडान पनि स्थगित गरेको छ ।

कोरोना भाइरसको कारण भारतमा १० जनाको ज्यान गइसकेको छ भने चार सय ९१ जना सङ्क्रमित भइसकेका छन् ।

दक्षिण अफ्रिका सरकारले पनि २१ दिने लकडाउन घोषणा गरेको छ ।

तपाईको प्रतिक्रिया