भोजपुर– नेपालको विकास भारत र चीनको संगसंगै भएन भने देश अप्ठ्यारो परिस्थितिमा जाने प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले बताएका छन् । भारत र चीनको विकास छिटो हुँदा नेपाललाई अफ्ठ्यारो पर्ने मुख्यमन्त्री राईले बताएका छन् ।
भारत र चीनको विकास छिटो हुँदा नेपालका युवाहरु रोजगारीको लागि उतै जाने, विरामी भए राम्रो उपचारको लागि उतै जाने, राम्रो देशमा राम्रो शिक्षा हुने भएकोले शिक्षा लिनको लागि शिक्षाको लागि उतै जाने भएकोले नेपालमा वृद्ध र बालबच्च मात्रै रहने अवस्था हुन्छ । देशको विकास श्रमले हुने हो, श्रम युवाले गर्न सक्छ श्रम गर्ने युवा नै देशमा नरहेपछि देशको विकासको सम्भावना नभएको राईको भनाई छ ।
त्यस्तो अवस्थामा भयो भने नेपालमा वैदेशिक शेनाहरु नआएपनि, चुच्चे नक्सा छापेपनि, जंगे पिलर भारत र चिनले नसारेपनि नेपाललाई अफ्ठ्यारो पर्ने अवस्था भएको राईले बताए । युवाहरु देशमा रोजगारी नपाएर वैदेशिक रोजगारमा गईरहेका छन् । यस्तो अवस्थामा नेपालमा कम्युनिष्ट सरकारको पालामा नेपालमा रोजगारीको व्यवस्था गर्नु पर्ने थियो । तर केपि ओलिको झण्डै दुई तिहाईको सरकार हुँदा त्यतातिर एक कदम पनि पाईला नचलाएको उन्को भनाईृ छ ।
नेपाको समृद्धि र विकासको सट्टा आफ्नो गुटको कार्यकर्ताहरुलाई कसरी संरक्षण गर्ने आफुलाई कसरी धेरै कमिशन आउने त्यतातिर मात्रै ध्यान दिएको कारण अहिले देशमा अस्थिरता उत्पन्न भएको उनको भनाई छ । अब देशमै रोजगारी र आर्थिक अवस्था उचाल्न, संघिय व्यवस्था बचाउन मंशिर ४ मा हनुे संघ र प्रदेशको निर्वाचनमा गठबन्धनलाई जिताउनु पर्ने मुख्यमन्त्री राईको भनाई छ ।









