भोजपुर– भोजपुरमा अखिल आईकन जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सञ्चालन हुने भएको छ । प्रतियोगिता अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनको आयोजनामा जेष्ठ ३० गते हुने भएको छ । भोजपुरको शिक्षाको अवस्था, चुनौती र सुधारका उपायहरु विषयमा वक्तित्वकला प्रतियोगिता सञ्चालन गरिने अखिल नेपाल राट्रिय स्वतन्त्र विद्यार्थी यूनियन भोजपुरका जिल्ला अध्यक्ष प्रकाश सि राईले बताए ।

विद्यार्थीको अन्तरनिहित क्षमता विकासको लागि रचनात्मक गतिविधी गर्ने उद्धेश्यका साथ अखिल आईकन २०८२ जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता गर्न गर्न लागिएको हो । मंगलबार नेकपा एकीकृत समाजवादीका जिल्ला पार्टी उपसचिव सन्दिप राईको उपस्थितिमा भएको पत्रकार सम्मेलन मार्फत अध्यक्ष राईले विद्यार्थीको प्रतिभा पहिचान र क्षमता विकास गर्ने उद्धेश्यले प्रतियोगिता गर्न लागेको बताए ।
कार्यक्रममा भोजपुर जिल्ला भरीका माध्यमिक विद्यालयहरुलाई सहभागीताका लागि पत्र समेत पठाई सकेको र एक विद्यालयबाट ५ जना विद्यार्थी सहभागी हुन सक्ने आयोजकले जनाको छ ।
प्रतियोगीतामा क्रमश ः प्रथम, दोश्रो र तेस्रो हुनेले नगद रु. १५ हजार, १० हजार र ७ हजार सहित मेडल प्रमाणपत्र पाउने छन् ।









