भोजपुर– भोजपुरमा कोशी प्रदेश स्तरीय आई.टि.एफ तेक्वान्दो प्रतियोगिता हुने भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डको आर्थिक सहयोग र जिल्ला खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता हुने भएको हो ।
प्रतियोगिता असार २० गते र २१ गते षडानन्द नगरपालिकाको केन्द्र दिङ्लामा हुने भएको छ । प्रतियोगितामा कोशी प्रदेशका विभिन्न १० जिल्लाबाट खेलाडीहरु सहभागी हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दावा शेर्पाले जानकारी दिएका छन् ।
भोजपुर जिल्ला आई.ट.एफ तेक्वान्दो विगतदेखि नै प्रदेश स्तरदेखि केन्द्रसम्म दरिलो उपस्थिति जनाउने जिल्ला हो । गत बर्ष सम्पन्न ९ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा समेत भोजपुर एक गोल्ड सहित ४ मेडल हासिल गरेको छ । त्यस लगत्तै राजेन्द्र कुमार राई नेतृत्वको प्रदेश सरकारले आई. टि. एफ तेक्वान्दो प्रतियोगिताको लागि बजेटको विनियोजन गरेको थियो ।
प्रतियोगिता भोजपुरको ऐतिहासिक बजार सुन्दर नगरी षडानन्द नगरपालिकाको केन्द्र दिङ्ला बजरामा अवस्थित दिङ्ला कर्बडहलमा हुने समेत अध्यक्ष शेर्पाले बताए । यता आई.टि.एफ तेक्वान्दोका जिल्ला अध्यक्ष सुरेश राईले भने यो खेल जिल्लामा भित्रिएको करिब ढेड दशक भईसकेको छ जिल्लामा विभिन्न खालका प्रतियोगिताहरु आयोजना भईरहेको थियो प्रदेशको निकै ठुलो लगानीमा भएको यो प्रतियोगिताले आई.टि.एफ खेलको विकासमा ठुलो सहयोग गर्ने छ ।
अझ राईले भने पछिल्लो समय महिलामाथी हुने दुरव्यवहारको न्युनिकरण साथै युवा÷युवतीमा हुने नकरात्मक पक्षलाई यस खेल र प्रतियोगिताले सुधार गर्ने छ ।









