
संखुवासभा, आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि समाजवादी पाटी नेपाल संखुवासभाले पनि उम्मेदवारी घोषणा गरेको छ। समाजवादी पार्टी नेपालले मकालु गाउँपालिकाको अध्यक्ष पदका लागि नुर्ब शेर्पालाई उम्मेदवार बनाउने भएको छ।
शुक्रबार खाँदबारीमा पत्रकार सम्मेलन गर्दै नेपालले उम्मेदवार घोषणा गरेको हो। समाजवादी पाटी बिहिबार बसेको जिल्ला कमिटीको बैठकले नुर्ब शेर्पालाई गाउँपालिका अध्यक्षमा उम्मेदवार बनाउने सर्वम्मत निर्णय गरेको जिल्ला अध्यक्ष कवान शेन राईले जानकारी दिए। समाजवादी पाटीबाट गाउँपालिका अध्यक्ष पदका लागि तीन जना आंकाक्षी देखिएका थिए। समाजवादी पाटीबाट नुर्व शेर्पा, विरेन्द्र राई र मुकेश तामाङको नाम आएको भए पनि जिल्ला कमिटीको बैठकले सर्वसम्मत नुर्ब शेर्पालाई उम्मेदवार निणर्य भएको बताए।
तर खाँदबारी नगरपालिका ३ को अध्यक्षका लागि भने सहमति जुट्न नसकेको बताए। अध्यक्ष राईले भने वडामा पनि हामीले सहमतिमै चाडै टुंगो लगाउने बताए।
मकालु गाउँपालिका अध्यक्ष पदका लागि सत्तारूढ दल नेकपा र कांग्रेसले यसअघि नै उम्मेदवारी घोषणा गरिसकेको छन्। मकालु गाउँपालिका अध्यक्ष जिप दुर्घटना र खाँदबारी–३ का अध्यक्ष हृदयघातबाट मृत्यु भएपछी पद रित्त रहेको छ । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि मकालु गाउँपालिकामा मकालुमा ९ हजार १ र खाँदबारी–३ मा १८ सय २२ मतदाता छन्।









