संखुवासभा, संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनको हालको मत परिणाम अनुसार नेकपाको अग्रता कायमै रहेको छ । सत्तारुढ दल नेकपाका तेजबहादुर पोख्रेलले १ हजार ९ सय ६ मत ल्याएर अग्रता कायम गरेका छन् । त्यस्तै नेपाली कांग्रेसका विमन पराजुलीले १ हजार ४ सय ६२ मत ल्याएका छन् ।

संघीय समाजवादी पार्टी नेपालका नुर्वु शेर्पाले २ सय ६५ मत प्राप्त गरेका छन् । भने राष्ट्रिय प्रजातन्त्र संयुक्तका मान बहादुर विश्वकर्मा ९हलो०ले २३ मत प्राप्त गरेका छन् । यस्तै राष्ट्रिय जनमुक्ति पार्टी ९का रमेश राई ९घर०ले १० मत प्राप्त गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका मेघनाथ राई ९गाई० ले १६ मत प्राप्त गरेका छन् भने संघीय लोक तान्त्रिक मञ्चका कविता राई ९दाप सहितको खुकुरी०ले १३ मत प्राप्त गरेका छन् । हालसम्म ३ हजार ७ सय ७५ मत गणना भइसकेको छ । भने ८४ मत बदर भएको छ ।

तपाईको प्रतिक्रिया