संखुवासभा, संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनको तेस्रो मत परिणाम अनुसार नेकपाको अग्रता कायमै रहेको छ । सत्तारुढ दल नेकपाका तेजबहादुर पोख्रेलले १ हजार ४ सय ९६ मत ल्याएर अग्रता कायम गरेका छन् । त्यस्तै नेपाली कांग्रेसका विमन पराजुलीले १ हजार १ सय ५४ मत ल्याएका छन् । उनीहरु बिचमा ३ सय ४२ मत अन्तर रहेको छ ।

संघीय समाजवादी पार्टी नेपालका नुर्वु शेर्पाले २ सय ३ मत प्राप्त गरेका छन् । भने राष्ट्रिय प्रजातन्त्र संयुक्तका मान बहादुर विश्वकर्मा (हलो)ले २३ मत प्राप्त गरेका छन् । यस्तै राष्ट्रिय जनमुक्ति पार्टी (का रमेश राई (घर)ले २ मत प्राप्त गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका मेघनाथ राई (गाई) ले १६ मत प्राप्त गरेका छन् भने संघीय लोक तान्त्रिक मञ्चका कविता राई (दाप सहितको खुकुरी)ले १३ मत प्राप्त गरेका छन् ।

तपाईको प्रतिक्रिया