संखुवासभा, संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनको दोस्रो मत परिणाम अनुसार नेकपाको अग्रता कायमै रहेको छ । १ हजार ८ सय ९४ मत गणना गर्दा सत्तारुढ दल नेकपाका तेजबहादुर पोख्रेलले ९ सय ५७ मत ल्याएर अग्रता कायम गरेका छन् । त्यस्तै नेपाली कांग्रेसका विमन पराजुलीले ७ सय ५१ मत ल्याएका छन् ।

संघीय समाजवादी पार्टी नेपालका नुर्वु शेर्पाले १ सय ४३ मत प्राप्त गरेका छन् । भने राष्ट्रिय प्रजातन्त्र संयुक्तका मान बहादुर विश्वकर्मा (हलो)ले २३ मत प्राप्त गरेका छन् । यस्तै राष्ट्रिय जनमुक्ति पार्टी (का रमेश राई (घर)ले २ मत प्राप्त गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका मेघनाथ राई (गाई) ले ९ मत प्राप्त गरेका छन् भने संघीय लोक तान्त्रिक मञ्चका कविता राई (दाप सहितको खुकुरी)ले १० मत प्राप्त गरेका छन् ।

तपाईको प्रतिक्रिया