संखुवासभा, संखुवासभाको मकालु गाउँपलिका ४ का ५२ घर परिवारलाई सोलार सेट वितरण गरिएको छ। मकालु ४ को सेलसेले सामुदायक वन उपभोक्ता समितीका ५२ परिवारलाई निशुल्क सोलार सेट वितरण गरिएको हो । कोशी टप्पु टु कन्चनजंगा संरक्षण (केटिके बेल्ट) को आर्थिक सहयोगमा ५२ परिवारलाई वितरण गरेको मकालु गाउँपालिका उपप्रमुख चमेली राईले जानकारी दिइन्।
वातारवरण संरक्षण गर्ने उद्देश्यले मकालु ४ को सेलसेले सामुदायक वन उपभोक्ता समितिका परिवारलाई निशुल्क सोलार वितरण गरेको केटिके बेल्टका प्रमुख राजीव गोयलले बताए । वर्षौदेखि अँध्यारोमा रात बिताउँदै आएका पावाखोला र बिहीबारेका ५२ परिवारले निशुल्क पाए पछि मकालु ४ दुर्गम गाउँका बासिन्दा खुसी भएका छन्।
वर्षौदेखि अँध्यारोमा रात बिताउँदै आएका पावाखोलाका तुलाराम राईले पहिलो पटक घर नै झिलिमिली बनाउन पाउँदा निकै खुसी लागेको बताए। पावाखोलाका तुलारामले भने टुकीको भरमा गुजरा चलाउँदा निकै अप्ठेरो भएको थियो, अहिले रातको समयमा पनि घरायसी कामकाज गर्न र केटाकेटी पढाउन सहयोग पुगेको बताए।
टुकी मात्रै बाल्दै आएका अर्का छिरिङ भोटेले पनि सोलार सेट पाउदाँ निकै खुसी लागेका बताए। भोटेले भने सोलारको बत्ती भएपछि घरमा खाना पकाउन, छोराछारी पढाउन पनि निकै सहज भएको बताए। घरैमा सोलार सेट भएपछि घण्टौं लगाएर मोवायल चार्ज गर्न छिमेकी गाउँ जानु पर्न बाध्यता हटेको बिहिबारेका मनिलाल राईले बताए।
मकालु गाउँपालिका केन्द्र नुम बजारसम्म गतवर्ष मात्र बिजुली विस्तार भएको छ। मकालुका धेरै जसो ग्रामीण भेगमा विद्युत्त नहुँदा घण्टौं लगाएर मोवाइल फोन चार्ज गर्न छिमेकी गाउँ वा नुम बजार जानु पर्न बाध्यता भएको स्थानीयको भनाइ छ।









