मादी, मादी नगरपालिकाको मादी स्वास्थ्य चौकीमा आइतबार देखि शुरु भएको निशुल्क स्वास्थ्य शिविरमा तेस्रो दिन एक हजार १ सय ४२ जनाले सेवा लिएका छन् । जस्मा ६ सय ९५ जना महिला र ४ सय ४४ जना पुरुष रहेका छन् ।
मादी नगरपालिकाको सहयोग तथा हेल्पिङ हेन्ड्स इन्टरनेश्नल र टच हेल्पिङ हेन्ड्स पोलिक्लिनिक चैनपुरको आयोजनामा शिविर सञ्चालन गरिएको हो । दाँत, आँखा, तथा अन्य रोगहरुको समेत उपचार गरिने निशुल्क शिविर मंगलबारसम्म चल्ने छ । शिविरको पहिलो दिन २ सय ७५ जनाले सेवा लिएका थिए । जस्मा १ सय ४४ जना महिला र १ सय ३१ जना पुरुष रहेका छन् । दोस्रो दिन ११९२ जनाले सेवा लिएका थिए ।







