
उक्त ज्ञापन पत्र बुझ्दै मेयर विदुरकुमार लिङथेपले बुदागत रुपमा स्पष्ट पारेका छन् ।
१. यो भुमि सम्वन्धी समस्या मादीकमे मात्र नभई ४ नगरपालिकाको रहेको र यसको समाधानका लागि मन्त्री परिसदमा डेलिगेसन समेत गईसकेको र मन्त्री परिसदकमे निर्णय पछि समाधान हुनेमा आसावादी रहेको यदि नभएमा नगरलेनै कानुन पास गरि समाधान गर्ने ।
२. दोस्रो वुदामा भएको ग्याविन वाल देख्दा कम्सल भन्ने कुरा महसुस गरिएको र नमुना ग्याविन जालि ल्याव टेष्टकालागि पठाउने तयारी समेत पूरा भएकोले सत्य तथ्य आएपछी निर्णय गरिने ।
३. तेस्रो वुदाकावारेमा भने मादी नगरमा प्राकृतिक स्रोतको दोहन भएको कुरा गलत रहेकोले टिप्पणी गर्नुु नपर्ने वताए।
४. चौथो नं वुदाका वारेमा वताउदै गर्दा मादी नगरमा त्यस्तो अनैतिक व्याज असुली नगरेका र त्यस्ता संघ सँस्थाहरुको आफ्नै विनियम रहेकोले मिल्ने सम्म सकेसम्म कम गर्न समन्वय गरिने ।
५. मादी हेल्थ पोष्टमा २ महिन देखि ईन्चार्ज विहिन भएको पक्कै हो । अहिले सम्म सम्पर्कमा पनि नआएको र आए पछि उसलाई विभागिय कार्वाई अघिवढाईने । साथै यस मादी हेल्थपोष्टलाई १५ सैयामा स्तरोन्नती समेत गरिने र भने ल्यावलाई प्रभावकारी वनउदै लैजाने ।
६. शिक्षा साखा हेर्ने कर्मचारी अभावका कारण भद्रगोल भएको शिक्षा क्षेत्रले अब नेतृत्व पाउने र त्यसकालागि पहल सुरु भैसकेको जानकारी ।
७. गत वर्षको नगरको लेखा परीक्षण असार मै खादवारीमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको ।
८. नगरमा कसैले दोहोरो सुविधा लिएको पाईएमा कानुन वमोजिम कार्वाही गरिने ।
९. सडक निरमाणको क्रममा व्यक्तिका जग्गा क्षति भएको छ तर व्यवस्थापन गर्न कठिन रहेको साथै राज्यको नीति पनि त्यस्तो राहत दिने सुविधा दिने नरहेकोले अप्ठेरो रहको ।
१०. कानुन आवस्यकता अनुसार बनेका छन् आवस्यक नपरेका कानुन वनाईरहनु नपर्ने र आवश्यक महसुस हुनासाथ वनाईने ।
११. नगरको असुली गर्नु पर्ने वेरुजु २ करोड गरि सकिएको र सैदान्तिक बेरुजु असुली गर्न नसकिने ।







