काठमाडौं, माओवादी युद्धको अवधिमा नेपाली सेनाबाट भागेर तत्कालिन ‘जनमुक्ति सेना’मा प्रवेश गरेका एक सैनिक जवानलाई १३ वर्षपछि जेल सजाय सुनाइएको छ ।
गोरखा आरुघाट–९ स्थायी घर भएका शक्ति गुरुङ (विक्रम)लाई सैनिक समरी जनरल अदालतले १० वर्ष जेल सजाय तोकेको हो ।
सैनिक अदालतको फैसला अनुसार गुरुङ अब भविष्यमा समेत सरकारी सेवामा अयोग्य हुनेछन् । अभियुक्त गुरुङ २०६३ साउन ३० गते हतियारसहित भागेर तत्कालिन माओवादीमा प्रवेश गरेका थिए ।
उनीमाथि गोलीगठ्ठासहित भगौडा सम्बन्धी कसुरमा मुद्दा दायर भएको एक सैनिक अधिकृतले जानकारी दिए । यद्यपि उनले पुनरावेदन दिन सक्ने प्रावधान छ ।




