भोजपुर– लुङरिक निमा रिन्पोछेद्धारा देछेन गुम्बाको बुधबार शिलान्यास गरिएको छ । षडानन्द नगरपालिका वडा नं. ९ बैदारभञ्ज्याङमा अवस्थित देक्षेन गुम्बाको शिलान्यास भएको हो । २०५८ सालमा निर्माण भएको देक्षेन गुम्बा २०७२ को महाभुकम्पले पुर्ण क्षति भएपश्चात पुनः निर्माणको लागि शिलान्यास भएको हो ।

शिलान्यास कार्यमा टुल्कु नोवू रिन्पोछेको विशेष उपस्थिति रहेको थियो भने सेचेन गुम्बा काठमान्डौका उपाध्यक्ष फुर्तेम्बा शेर्पाको समेत उपस्थिति रहेको थियो । गुम्बा व्यवस्थापन समिति अध्यक्ष रेशकुमार तामाङको अध्यक्षतामा भएको कार्यक्रममा द्धय धर्म गुरु लुङरिक रिन्पोछे र टुल्कु नोर्वु रिन्पोछेको संछिप्त जिवनी देछेन गुम्बाका संरक्षक समितिका संयोजक धर्म बहादुर तामाङले बाचन गरेका थिए ।

सहरी विकास मन्त्रालय स्थानीय पुर्वधार विभागबाट गुम्बा निर्माणको लागि बजेट विनियोजन भएको छ । गुम्बा निर्माणको लागि भ्याट सहित ३५ लाख ४४ हजार ५ सय उनन्सत्तरी ६ पैसा रकम भवन निर्माणमा लाग्ने भएको छ । कार्यालयले रु २५ लाख रकम व्यहोर्ने गरि गुम्बा निर्माण कार्य २०८१ बैशाख ३० गते निर्माण सम्पन्न गरिसक्नु पर्ने छ ।

लामो ईतिहास बोकेको गुम्बा हो यस क्षेत्रको सबैको सहयोगले गुम्बा निर्माण कार्य सम्पन्न गर्ने गुम्बा व्यवस्थापन समितिका महासचिव ईन्द्र तामाङले बताएका छन् ।

तपाईको प्रतिक्रिया