भोजपुर– षडानन्द नगरपालिकाको पुर्ण खोप घोषणा तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न भएको छ । २०७८÷७९ को २ बर्ष मुनिका बालबालिकालाई प्रदान गरिने १३ प्रकारको खोप पुर्ण रुपमा प्रदान गरिसके पछि पुर्र्ण खोप घोषणा कार्यक्रम बुधबार २७ गते सम्पन्न भएको छ ।

षडानन्द बुहद्येश्यीय हलमा भएको कार्यक्रममा षडानन्द नगरपालिकाको १४ वटै वडामा पुर्ण खोप घोषणा कार्यक्रम सम्पन्न गरि नगरपालिकालाई पुर्ण खो नगरपालिका घोषण गरिएको स्वास्थ्य शाखा प्रमुख सुन्दर श्रेष्ठले बताए । कार्यक्रममा नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीदेखि जनप्रतिनिधि, राजनितिक दलका प्रतिनिधि, साथै सरोकारवाला निकाय सरकारी कार्यालयको कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वास्थ्यकर्मीहरुले प्रदान गरेको सेवामा धन्यवाद दिदै आफुहरु निर्वाचित भएर आएदेखि नगरवासीहरुलाई विभिन्न प्रकारका स्वास्थ्य शिविरहरु सञ्चालन गरि स्वास्थ्य सेवा सहज ढंगबाट प्रदान गर्दै आएको नगरपाकिाका उपप्रमुख प्रमिला राईले बताईन् । आगमी दिनहरुमा अझ विश्वासिलो र सहज ढंगबाट स्वास्थ्य सेवा प्रदानको लागि पहल गरिने समेत राईले बताईन् ।
नगरप्रमुख सुरेन्द्र उदासले भने संघिय सरकारले पालिकामा भएको चालु अन्र्तगतको बजेट कटौती गरेपछि कर्मचारीले पाउने सेवा सुविधामा असहज भएको छ । यो विसम परिस्थिति स्थानीय तहको कारणले गर्दा भएको हैन संघ सरकारको कारणले भएको हो त्यसैले कर्मचारीहरुले तलब मात्रै खाएर भएपनि जनतालाई गुणस्तरीय सेवा प्रदान गर्न अनुरोध गरेका छन् ।









