दिङ्ला, भोजपुरको षडानन्द नगरपालिकाको पार्किङ स्थानमा भेटिएको सकेट बम नेपाली सेनाले निस्क्रिय गरेको छ । संखुवासभाको खाँदबारीदेखि आएको नेपाली सेनाको बम डिस्पोजल टोलीले शुक्रबार दिउँसो बम निस्क्रिय गरेको इलाका प्रहरी कार्यालय दिंलाले जनाएको छ ।
गएराती अज्ञात समूहले नगरपालिकाको पार्किङ क्षेत्रमा कुकर बम विस्फोट गराएको थियो । सोही स्थानमा सकेट बम फेला परेको थियो । संकास्पद वस्तु फेला परेपछी इलाका प्रहरी दिंलाले नेपाली सेनालाई खबर गरेको थियो । बराह दल गुल्म खाँदबारीका लप्टन विपन प्रकाश घिसिङको नेतृत्वमा आएको ५ जनाको टोलीले बम निस्क्रिय गरेको हो ।
सडक बिग्रिएकाले यातायात अवरुद्ध भएका कारण भोजपुरबाट सेनाको टोली नसक्ने भएपछि संखुवासभाबाट टोली झिकाईएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी पाण्डप कुमार राजवंशीले जानकारी दिए ।
दलाल पुजीवाद सत्ताको विकल्प वैज्ञानिक समाजवाद लेखिएको नेपाल कम्युनिष्ट केन्द्रीय समितिको पर्चा समेत भेटिएकोले विप्लव नेत्रृत्वको माओवादीले वम राखेको हुन सक्ने अनुमान गरिएको छ ।







