मादी, संखुवासभाको मादी नगरपालिका वडा नं. ४ ओखरबोटेमा पहिरोका कारण एक घर विस्थापित भएको छ । निरन्तरको वर्षाका कारण ओखरबोटे स्थित गोपाल कटुवालको घर पहिरोले विस्थापित गराएको हो ।
घरको आदीभाग नै पहिरोले चर्किएपछी विस्थापित हुनु परेको स्थानीयले बताएका छन् । उनीहरु आफन्तकोमा आश्रय लिएर बसेका छन् । पहिरोकै कारण कटुवालको घर माथि रहेको नारायण माध्यमिक विद्यालयको भवन पहिरोको उच्च जोखिममा परेको छ ।
कटुवालको घर पहिरोले बगाउने बित्तिकै विद्यालयको ४ ओटा भवन पहिरोले तान्न सक्ने बताइएको छ ।









