संखुवासभा, धर्मदेवी नगरपालिका ८ स्थित अक्करको भीरमा भएको जीप दुर्घटनामा एकै परिवारका तीन जना सहित ६ जना वेपत्ता भएका छन् । वेपत्ता हुनेहरुमा खाँदबारी नगरपालिका ९ का संगम श्रेष्ठ उनकी श्रीमती सदिक्षा र दुई महिने छोरा समीर श्रेष्ठ रहेका छन् । भने चालक सन्तोष विश्वकर्मा, खाँदबारी ९ कै प्रमेश थापा मगर र खोटाङका खबरमान पिठाकोटे मगर वेपत्ता भएका छन् ।
सदरमुकाम खाँदबारीबाट विरामी बोकेर धरानतर्फ जाँदै गरेको को १ ज ३७४९ नम्बरको बोलेरो जीप गएराती अक्करको भीरबाट अरुण नदीमा खसेको थियो । प्रहरीले खोजी कार्य जारी राखे पनि निरन्तरको वर्षातका कारण समस्या भएको प्रहरी नायव उपरिक्षक मिम बहादुर लामाले बताए ।
जिल्ला अस्पताल खाँदबारीमा उपचार हुन नसकेपछी उनीहरुलाई धरान विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान रेफर गरिएको थियो ।









