संखुवासभा, धर्मदेवीनगरपालिका–८ अक्करको भीरमा भएको जिप दुर्घटनाका बेपत्ताहरुको परिचान खुलेको छ । खाँदबारीबाट बिरामी बोकेर धरानतर्फ जाँदै गरेको को १ ज ३७४९ नम्बरको जिप मंगलबार राति १० बजे अक्करको भीरबाट अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका थिए ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी मिम बहादुर लामाका अनुसार बेपत्ता हुनेमा चालक खाँदबारी नगरपालिका–९ सन्तोष विश्वकर्मा, खाँदबारी–९ का संगम श्रेष्ठ, सदीक्षा श्रेष्ठ, दुई महिने बालक समीर श्रेष्ठ, प्रमेश थापा मगर र खोटाङका खबरमान पिठाकोटे मगर रहेका छन् ।

बिरामीको खाँदबारीमा उपचार हुन नसकेछि थप उपचारका लागि सुनसरीको धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा गाडी दुर्घटना भएको हो । दुर्घटनामा बेपत्ताहरुको खोजी कार्य जारी रहेको डिएसपी लामाले जानकारी दिए । त्यस क्षेत्रमा निरन्तर वर्षा भइरहेका कारण खोजी कार्यमा समेत कठिनाइ भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया