संखुवासभा, नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाको कोशी व्यूरो संयोजकसहित २ जना कारागार चलान भएका छन् । विभिन्न मुद्दाको आरोप लागेको विप्लवका कोशी व्यूरो संयोजक घनश्याम श्रेष्ठ (पुष्कर) र छिरिङ शेर्पाले धरौटी बुझाउन नसकेका कारण कारागार चलान गरिएको जिल्ला अदालत चैनपुरका सूचना अधिकारी गोविन्द कार्कीले जानकारी दिए ।

विप्लवका ब्युरो संयोजक ओखलढुंगाका घनश्याम श्रेष्ठ र संखुवासभाका छिरिङ शेर्पालाई मंगलबार कारागार चलान गरिएको जिल्ला अदालत चैनपुरले जनाएको छ ।

ब्युरो संयोजक श्रेष्ठलाई दुई मुद्दामा ३० हजार र जिल्ला सदस्य शेर्पालाई छ वटा मुद्दामा १ लाख धरौटी बुझाउन नसकेपछि कारागार चलान भएको बताइएको छ । ब्युरो संयोजक श्रेष्ठलाई गत चैत १० गते मोरङको कानेपोखरीबाट र संखुवासभाका जिल्ला सदस्य शेर्पालाई भदौ ८ गते प्रहरीले पक्राउ गरेको थियो ।

अन्य तीन कार्यकर्ता छुटे लगत्तै पक्राउ
विभिन्न स्थानबाट पक्राउ परेका अन्य तिन कार्यकता साधारण तारिखमा रिहा भएको जिल्ला अदालत चैनपुरले जनाएको छ। प्रहरीले उनीहरूलाई रिहा भए लगत्तै पक्राउ गरेको छ। प्रहरीले काभ्रेका व्युरो सदस्य माधव गौतम, भोजपुर घर भएका मोरङ जिल्ला इञ्चार्ज कृष्णकुमार श्रेष्ठ र पाँचथरका देबकुमार साँवा लिम्बूलाई पक्राउ गरी सुनसरी लग्ने तयारी भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सुचना अधिकारी सन्तोश राईले जानकारी दिए ।

साधारण तारिखमा रिहा भए पनि सुनसरी जिल्लामा अन्य मुद्दा दर्ता भएका कारण सुनसरी पठाउने तयारी भएको राईले बताए । उनीहरूलाई सुनसरी लग्ने तयारी भएको बताइएको छ।

गत चैत १० गते कोशी व्यूरो सदस्य माधव गौतम, गत चैत १२ गते सुन्दरहरैचाबाट पक्राउ परेका मोरङ इञ्चार्ज कृष्णकुमार श्रेष्ठ, चैत १३ गते सुनसरीका रमेश खड्का र गत फागुन १५ गते हतियारसहित पक्राउ परेका देबकुमार साँवा सुनसरी अदालत झुम्काबाट कारावारबाट मुक्त्त भएलगत्तै भदौ १० गते प्रहरीले पक्राउ गरेर संखुवासभा ल्याएको थियो ।

थाहा खबरबाट

तपाईको प्रतिक्रिया