संखुवासभा, सरकारी सञ्चारमाध्यममा सरकारले मनपरी गरेको भन्दै नेपाल प्रेस युनियन संखुवासभाले आपत्ती जनाएको छ । सञ्चार मन्त्रालय र सञ्चारमन्त्री गोकुल बास्कोटालाई सच्चिन आग्रह गदै जिल्ला प्रशासन संखुवासभा मार्फत सञ्चारमन्त्रालयलाई ज्ञापन पत्र पठाएको हो ।

दिपायलमा लामो समयदेखि कार्यरत पत्रकारहरु प्रकाश बम, सुनिता रावल र चक्रबहादुर कुवँरलाई राजनीतिक पूर्वाग्रह साँधेर कामबाट हटाएको भन्दै आपत्ती जनाएको हो । अल्टिमेटमसहित तत्काल पुनःबहाली गर्न माग गदै विवादित सञ्चार विधेयक समेत सच्याउन माग सहित प्रेस यनियनल संखुवासभाले ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्र बुझाउँदै प्रेस युनियन संखुवासभाका सभापति कृष्णराज शाकयले राजनितिक प्रतिशोधले निकालिएको कर्मचारीलाई तत्काल काममा फर्काउँन माग गरे । पत्रकारहरुको योग्यताको कुरा उठाउँने सञ्चारमन्त्रलायले दक्ष कर्मचारी निकालेर सरकारी सञ्चारमाध्याम कार्यकर्ता जागिर खाने ठाउँ बनाएको सभापति शाक्यको भनाई थियो ।

त्यस्तै प्रेस स्वतन्त्रता विरोधी विभिन्न प्रावधान रहेको र सर्वत्र विरोध भएपछि केही समय स्थगन गरिएको मिडिया काउन्सिल विधेयक सरोकारवाला संघसस्थासँग कुनै सल्लाह र परामर्श नगरी एकाएक राष्ट्रियसभाबाट प्रक्रिया अघि बढाएकोप्रति आपत्ती समेत जनाईएको छ ।

निमित्त प्रजिअ मोहणमणि घिमिरेले आजै युनियनले बुझाएको बिज्ञप्ती माथिल्लो निकायमा पठाउने बताए ।

तपाईको प्रतिक्रिया