भोजपुर– सामुहिक छलफल र चुनावी रणनिती सहित गठबन्धनलाई जिताउन लाग्नु पर्ने नेपाली काग्रेसका पुर्व नगर सभापति राजु बस्नेतले बताएका छन् । वक्तव्यका कार्यक्रम, भाषण दिने काम भन्दा गठबन्धन दलले सामुहिक छलफल र चुनावी रणनिती सहित गठबन्धनलाई जिताउन चुनावी अभियानमा लाग्नु पर्ने उन्ले बताएका हुन् ।

सत्ता गठबन्धन दलको संयुक्त निर्वाचन परिचालन कमिटीको बैठकमा पुर्व सभापति बस्नेतले उक्त कुरा बताएका हुन् । कार्यकर्ताहरुले संविधानको रक्षार्थ र व्यवस्था बचाउन मुलुकको संकटलाई टार्न गठबन्धन भएको बुझेर गाउँ गाउँमा गठबन्धनलाई जिताउन लाग्नु पर्ने बताएका छन् । अहिले गठबन्धनमा नेकपा एमालेको रणनिति बुझेका हिजो एमाले हुँदा चुनावी मैदानबाट विजयी भएका उमेदवारहरु रहेका छन् । अब त्यस्तो रणनिती बनाउनु पर्छ जुन रणनिती गठबन्धनलाई जिताउने सबै भन्दा राम्रो रणनिती होस ।

भोजपुरको प्रदेश सभा सदस्यका उमेदवार एकीकृत समाजवादीका नेता राजेन्द्र राईको उमेदवारी रहेको छ । नेपाली काग्रेस ईमान्दारी पुर्वक गठबन्धनका उमेदवारलाई जिताउनु नै काग्रेसले जित्नु सरह हो । गठबन्धन दल भित्रका कार्यकर्ता तथा नेताहरुले कुनै संकोच नमानी गठबन्धनका उमेदवार भोट हाले नेकपा एमोलेको सुर्य चुनाव चिन्हमा ग्रहण लाग्ने बस्नेतको भनाई छ ।

तपाईको प्रतिक्रिया