संखुवासभा, नेपालकै सबै भन्दा ठूलो टेलिभिजन रियालिटी सो भोइस अफ नेपालको ब्याटल राउन्डमा संखुवासभाकी रिता राई पुगेकी छिन् । भोइस अफ नेपालको आठौं दिन शनिबार हिमालय एच डी टेलिभिजनबाट प्रशारित टिभी सोमा उनी अन्तिम प्रतिस्पर्धीका रुपमा उपस्थिति भए ।

नाइ नभन्नु ल ३ को मेलिना राईको स्वरमा रहेको कम्मर माथि पटुकी बोलको गीत गाएकी रिताले ४ जना मध्ये कोच आस्थालाई टर्न गराए । दृष्टिबिहिन रिताको गायन अन्त्यमा कोच आस्था टर्न गरेकी हुन् ।

आस्था राउतले नाम सोधेपछी रिता राई, संखुवासभा खाँदबारी उत्तरसंगै दर्शकको गडगडाहट ताली सुरु हुन्छ । आस्था राउतले आफ्नो टिममा पाएकी रितालाई अंगाल्दा रिताले खुशीको आँशु खसाली । क्रमश ३ जना कोचको हार्दिक बधाईका साथ भोइस अफ नेपालमा स्वागत हुन्छ ।

आँशु नरोकीएकी रितालाई कोच राजु लामाले आज देखि म तिम्रो माइती भएँ, मलाई माईती सम्झनुस् भने पछी कोच राजुको शब्दहरु रोकीन्छन् । स्टेजमा रिता र कुर्सीमा कोच राजुको आँशु खस्दा यो क्रममा केहीबेर सन्नटा छाउँछ । यसैबेला दर्शकको गडगडाहट ताली आउँछ । ताली रोकीएपछी आशुँ पुछ्दै कोच राजुले रीतालाई माइती भएको नाताले सुख दुखमा साथ दिने बताए ।

रितालाई साथ दिन पुगेकी दिदीको उपस्थितिले दर्शको लगातार ताली बज्छ । अंगालो हालेर माइती बोलेका राजुलाई दर्शकको अर्को पटक तालीले तारिफ हुन्छ । कोच दिपले स्टेजबाट बिदा हुनै लाग्दा एल्वममा गीत गाउने अवसर रितालाई दिने भनेपछी दर्शको तालीले फेरी निरन्तरता पाउँछ ।

मैंले रोएर हजुरहरुलाई दुखी बनाएँ होला, यसको लागि सरी, दर्शकको ताली झनै जोडले बज्छ । यो क्रममा रिताले केही भनाई राख्ने अनुमती माग्छन् । र भन्छिन्, मेरो माइती त के दाजु भाई कोही पनि छैन । राजु सरले म माइती भनेपछी मेरो खुशीको आँशु रोकीएन ।

संखुवासभाको खाँदबारीबाट सञ्चालित सुरशाला म्युजिक एण्ड डान्स एकेडेमीमा संगीत सिकेका रिता र टिम आस्थालाई हार्दिक बधाई । ब्याटल राउण्डमा दमदार प्रस्तुतिको लागि शुभकामना ।

तपाईको प्रतिक्रिया