भोजपुर– संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किराँती गृह जिल्ला आउने भएको छ । मन्त्री किराँती १० गते बुधबार गृह जिल्ला आउने नेकपा माओवादी केन्द्र षडानन्द नगर कमिटीका अध्यक्ष यङ्गराज राईले जानकारी दिए ।

मन्त्री किराँतीको फेसबुकमा सार्वजानिक भएको समय तालिकाअनुसार ९ः३० मा तुम्लिङटार विमानस्थलको अनुगमन, तुर्केपुल ११ बजे, देउराली १२ः३० बजे आईपुग्ने समय तालिका रहेको छ । झ्याँउ पोखरी १ बजे, २ः३० बजे दिङ्ला बजार, ७ बजे सुन्तले र साँझ १० बजे भोजपुर बजारमा भेटघाट कार्यक्रम रहेको छ

मन्त्री किराँतीले आफु मतदाताहरुलाई विकास माग्न तथा भेट्नको लागि सिंह दरबार आउन नपर्ने बताएका थिए । सोहि बचन पुरा गर्दै भेटघाट तथा मतदाताको समस्या, गुनासो तथा सुझाव लिन मन्त्री किराँती गृह जिल्ला आउँदै गरेका मन्त्री किराँतीको फेसबुकमा सार्वजानिक भएको ।

तपाईको प्रतिक्रिया