भोजपुर– भोजपुरमा रहेको नेपालकै दौस्रो पाठशाला हाल षडानन्द माध्यमिक विद्यालयलाई सरस्वतीको मुर्ति हस्तान्तरण भएको छ । ललित बहादुर श्रेष्ठको परिवारले विद्यालयलाई मुर्ति प्रदान गरेका हुन् । ललित बहादुर श्रेष्ठकी ममतामयी स्व.माता जल कुमारी श्रेष्ठको स्मृतिमा विद्यालयलाई मुर्ति प्रदान गरेका हुन् ।

श्रेष्ठले पहिला सोहि विद्यालयमा अध्ययन गरेका थिए हाल श्रेष्ठ दिङ्ला बजारका सफल व्यवसायी हुन् । उन्को परिवारले १ फिट अग्लो सरस्वतीको मुर्ति विद्यालयलाई सरस्वती पुजाको अवसरमा प्रदान गरेका हुन् । मुर्ति हस्तान्तरण कार्यमा स्व. जल कुमारीकी छोरा ललित बहादुर श्रेष्ठ बुहारी गंगामाया श्रेष्ठ तथा नाती रमेश श्रेष्ठ, लेखनाथ श्रेष्ठ, नातिनी बुहारीहरु, सरिता श्रेष्ठ र सुनिता राई श्रेष्ठ साथै सैजु श्रेष्ठ परिवारले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखबहादुर थापा र विद्यालयका प्रधानध्यापक डम्बर बहादुर बिष्टलाई हस्थान्तरण गरेका थिए ।

षडानन्द माध्यमिक विद्यालयमा आफुले अध्ययन गरेको र अहिले सम्म एउटा सरस्वतिको मन्दिर स्थापना हुन सकेन आफुले मुर्ति दिएपछि मन्दिरको निर्माण हुन्छ भन्ने विश्वासका साथ मुर्ति प्रदान गरिएको दाता श्रेष्ठले बताए ।

विद्यालय परिवारले आजनै दाता श्रेष्ठ परिवारलाई कदर पत्रद्धारा सम्मान गरेको छ ।

तपाईको प्रतिक्रिया