संखुवासभा, संविधान दिवस २०७६ को अवसरमा वक्तृत्वकला प्रतियोगिता खाँदबारीमा सम्पन्न भएको छ । सोमबार खाँदबारी नगरपालिकाद्धारा आयोजित कार्यक्रममा नगरक्षेत्र भित्रका माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुबीच नेपालको संवधान र शिक्षा विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।

खाँदबारी नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा सरकारी र नीजि गरी १३ वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रतियोगितामा महेन्द्र मावि मानेभञ्ज्याङका रुजु घिमिरे प्रथम, सनसाईन् माविका सक्षम पोर्तेल द्वितीय र वरुण बहुमूखी क्याम्पसकी छात्रा बिमला निरौला तृतीय भएका छन् ।

विजेताहरु क्रमशः नगद रु ४ हजार ३ हजार र २ हजार साथमा मेडल र प्रमाणपत्र दिइने छ । सो पुरस्कार संविधान दिवसको दिन वितरण गरिने कार्यक्रममा सहभागि महेन्द्र मावि मानेभञ्ज्याङका शिक्षक रामकुमार घिमिरेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया