तेह्रथुम, आठराई गाउँपालिका १ मा रहेको ह्यात्रुङ झरना क्याम्पसको ११ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सव कार्यक्रम संगै क्याम्पसको चौथो साधारण सभा समेत सम्पन्न भएको क्याम्पस उपप्राध्यापक उमनाथ भण्डारीले बताए ।
कार्यक्रममा प्रमुख अतिथि रहेका गाउँपालिका अध्यक्ष लिम्वुले क्याम्पस तथा शिक्षा क्षेत्रको विकासका लागी व्यक्तिगत तर्फबाट र गाउँपालिकाको तर्फबाट सहयोग गर्ने बताए ।
सभाले आठराई गाउँपालिका अध्यक्ष मान बहादुर लिम्वुको अध्यक्षतामा ९ सदस्यीय क्याम्पस संचालक समिति समेत गठन गरेको कृष्ण चौलागाईले नागरिक चासोलाई जानकारी दिए ।




