एजेन्सी, अमेरिकाको एक युवाले कम्प्युटर गेम फोर्टनाइटको प्रतियोगिता जितेर किर्तिमानी ३ मिलियन डलर ९करिब ३३ करोड नेपाली रुपैयाँ० जितेका छन् । इन्टरगेमिङको इतिहासमा नै सबैभन्दा धेरै बाँडिएको यस प्रतियोगितामा प्रतियोगीहरुबीच ३० मिलियन डलर पुरस्कार वितरण गरिएको थियो ।

१६ वर्षीय कायल जिरेसडोर्फ न्युयोर्कको आर्थर आसे स्टेडियममा आयोजित उक्त प्रतियोगितामा एकल प्रतिस्पर्धामा विजय बनेका थिए  बेलायती युवा जेडन आसम्यानले दोस्रो बनेर करिब १ मिलियन पाउण्ड जिते । अनलाइनमा बुघा भनेर चिनिने कायलले पुरस्कारको अधिकांश रकम वचत गर्ने बताउँदै बीबीसीसँग भने, ‘यो रकमबाट नयाँ टबुल किन्नेछु, सायद मेरो यो ट्रफीको लागि ।’

सन् २०१९ मा अर्बौं डलरको व्यावसाय बन्ने अनुमान गरिएको ई–स्पोर्टका लागि यो प्रतियोगितालाई कोशेढुङ्गा मानिएको छ । यद्यपि, आगामी अगस्तमा आयोजना हुने ‘द इन्टरनेसनल’ नामक प्रतियोगिताले सबैभन्दा धनराशी बाँडिएको प्रतियोगिताको अहिलेको किर्तिमानलाई तोड्नेछ ।

फोर्टनाइटमा १०० खेलाडीहरुले ठूलो कम्युटर स्क्रिनहरुमा एकअर्कासँग भिडेका थिए । यस प्रतियोगितामा छनौट हुनका लागि ४ करोडभन्दा बढी खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा ३० भन्दा बढी देशहरुले भाग लिएका थिए । जसमा ७० जना अमेरिका, १४ जना फ्रान्स र ११ जना बेलायतबाट थिए ।

तपाईको प्रतिक्रिया