पाँचखपन, पाँचखपन नगरपालिका वडा नं. ८ र ९ मा दुई युवाले मास्क वितरण गरेका छन् । वडा नं. ८ मा स्थानीय दमन न्यौपानेले पाँच सय थान मास्क वितरण गरेका हुन् । उनले वडा नं. ८ का वडाध्यक्ष र स्वास्थ्य चौकीका प्रमुखलाई मास्क जिम्मा लगाएका छन् ।

यस्तै वडा नं. ९ मा स्थानीय भिम बहादुर कार्कीले पाँच सय थान मास्क स्वास्थ्य इकाईका प्रमुख र वडाध्यक्षको रोहबरमा उपलब्ध गराएका छन् । साथै उनले एक सय थान साबुन समेत उपलब्ध गराएका छन् ।

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट बच्न उनीहरुले मास्क र साबुन वितरण गरेको जनाएको छ । उक्त परिमाण पर्याप्त नभएपनि सहयोग पुग्ने बताइएको छ । संक्रमणबाट जोगिन उनीहरुले अनुरोध समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया