भोजपुर– भोजपुर र धनकुटा जोड्ने लेगुवा घाटमा रहेको अरुण नदिको पक्कि पुल मर्मतपछि पुनः सुचारु भएको छ । शुक्रबार साँझदेखि पुलको मध्य भागमा स्टिल ग्रिन्डर र भर्टिकल पोष्ट जोडने वेस प्लेटको आठ वटा नट भाँचिदा जिल्ला आवतजावत गर्ने सवारी साधन प्रभावित भएका थिए ।

आज आईतबार चितवनबाट आएका जलप नेपाल कम्पनीका इन्जिनियरहरुले भाँचिएको नट बल्टुको मर्मत गरेपछि पुनः पुलबाट दोहोरो सवारी साधन चल्न थालेको छ। पुलको नट भाँचिएसँगै जिल्ला सदरमुकाम, अन्नपूर्ण, मानेभञ्जयांग लगायत क्षेत्र आवतजावत गर्ने १० टनभन्दा धेरै लोड भएका मालवाहक सवारी साधन आवतजावतमा नियन्त्रण गरिएको छ ।

पुलको मर्मत गर्न सम्बन्धित कार्यालयसंग आवश्यक छलफल गरि आज आईतबार जलप नेपाल कम्पनीद्धारा मर्मत कार्य सम्पन्न भएर करिब साँझ ६ बजेदेखि दोहोरो सवारी साधन चल्न सुरु भएको प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया