भोजपुर– जिल्ला स्वास्थय कार्यलय भोजपुरको आयोजनामा सुरक्षित गर्भपतन सम्बन्धि दुईदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिका गरि दुई स्थानिय तहमा कार्यरत स्वस्थ्यकर्मी, शिक्षक, पत्रकार लगायत सरोकारवालाहरुलाई दुई दिने अभिमुखिकरण दिईएको जिल्ला स्वास्थय कार्यलय प्रमुख राजु श्रेष्ठले जानकारी दिए ।
सुरक्षित गर्भपत सम्बन्धिको रुँडीबादी मुल्य मान्यता साथै समाजमा रहेका स्थापित परम्पराको रुपान्तरणको लागि कार्यक्रको आयोजना गरिएको हो । यस कार्यक्रमबा आफु संगै समाजमा रहेको त्यस्ता खालका बिकृतिहरुलाई हटाउँदै समाज सुहाउँदो मुल्य र मान्यतालाई आत्मसाथ गर्दै अगाडी बढ्नु पर्ने षडानन्द नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद चापागाईले बताए ।
कार्यक्रम षडानन्द नगरपालिकाको बैठक हलमा चैत्र १७ गते शनिबार र १८ गते आईतबार सञ्चालन भएको थियो । अभिमुखिकरण कार्यक्रमलाई संखुवासभा जिल्ला स्वाथ्य कार्यलयका पब्लिक हेल्थ नर्स भवानी तिम्सिनाले सहजी करण गरेकी थिईन् । साथै कार्यक्रमको समापनमा षडानन्द नगरपालिकामा कार्यरत बडुवा भएको स्वास्थ्यकर्मीहरुलाई बधाई साथै पदोन्नती पत्र प्रमुख प्रशासकीय अधिकृत मोहत प्रसाद चापागाईले प्रदान गरेका थिए ।