भोजपुर– हामी विभिन्न समयमा विभिन्न माध्यमबाट डाक्टरको धेरै खालका परिचय सुन्छौं । तर सबै डाक्टरको एकै प्रकारको परिचयले अधुरो परिचय हुन सक्छ कतिपय अवस्थामा डाक्टहरुको धेरै आलोचना भएको हामी सुन्छौं । “डाक्टर’’ शब्द सुन्ने वित्तिकै हामीमा छुट्टै खालको भावनाको उत्पन्न हुन्छ अझ विरामी भएको अवस्थामा उक्त शब्द सुन्ने हो भने भगवानको नाम जस्तै लाग्छ । आज त्यहि सुन्दा भगवानको नाम जस्तै लाग्ने सरल “डाक्टर शुभम् कुमार रौनियार’’कोे छोटो कथा प्रस्तुत गर्ने छौं ।

डाक्टर शुभम् कुमार रौनियार सुनसरी जिल्लाको दुहबी नगरपालिका वडा नं.–६ मा बुवा शिव प्रसाद रौनियार र आमा सरिता रौनियारको कोखबाट वि.सं. २०५३ पौष ९ गतेका दिन जन्मिएका हुन् । बाल्यकाल सामान्य ढंगले बिताएका रौनियारले एस.टि.जोसिस सेकेन्डरी स्कुलबाट २०६७ सालमा एस.एल.सि. दिए पछि पेन्टागन ईन्टरनेशनल कलेज तिनकुने काठमान्डौबाट +२ पास गरेका रौनियारले काठमान्डौ मेडिकल कलेजबाट २०७७ मा एम.वि.वि.एस पढाई सकाएका थिए ।

उनले पहिलो पटक काठमान्डौं मेडिकल कलेजको एमरजेन्सी कक्षमा ३ महिना सेवा गरे पछि सरभंगा अस्पताल कुपनडोलमा फेरी ३ महिना सेवा गरेका रौनियार २०७८ बैशाख १ गते भोजपुरको षडानन्द नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र मुलपानीमा आएका हुन् । उनले कोरोनाको समयमा आफ्नो ज्यानको प्रवाह नगरि आम मानिसको स्वास्थ्य अवस्थाको राम्रो ख्याल गरी सेवा प्रदान गरेका थिए ।

रौनियार प्राथमिक स्वास्थ्य केन्द्र मुलपानीमा आएपछि उन्ले यहाँ बन्द भएका सेवाहरुलाई पुनः सुचारु गरे । उनले एक्सरे, भिडियो एक्सरे, पोस्टमार्टम सेवा, फार्मेसी साथै सुरक्षित गर्भपतको सेवा सुचारु गरेपछि स्थानीयहरुमा खुसि संगै ढुक्कसंग सेवा लिन सकिन्छ भन्ने विश्वास गर्न थालेका थिए ।

भौगोलिक कठिन भएको क्षेत्र त्यहि माथि विभिन्न सेवा सुविधाको पहुँच नभएको भन्दै लामो समयसम्म स्वास्थ्य केन्द्र मुलपानीमा डक्टर नै थिएन । यो परिस्थितिमा रहेको स्वास्थ्य केन्द्रमा तीन बर्ष रहेर सेवा प्रदान गर्दा डक्टर रौनियार धेरै सेवाग्रहीको धन्यवादको पात्र बने । उन्ले रातदिन कहिल्यै भनेन हामी आफैपनि राती १२ बजे विरामीको साथमा प्राथमिक स्वास्थ्य केन्द्र मुलपानी पुग्दा हसिलो मुद्रामा उपस्थित हुन्थे । कतिपय विरामीहरुलाईत चेक गर्नुभन्दा अगाडीनै केहि सन्चो भएको आभाष दिलाई दिन्थे ।

विरामीसंग सजिलै नजिक हुने विरामीको मनोभावना समेत बुझ्नो रौनियारले विरामीलाई कहिल्यै झर्काे लाग्ने वातावरण बन्न दिएन । रौनियार हुँदा प्राथमिक स्वास्थ्य केन्द्र मुलपानी गएपछि जस्तै विरामीपनि सन्चो हुन्छ भन्ने यहाँका सेवाग्राहीहरुले विश्वास गर्न थालेका थिए ।

विभिन्न समस्याले ग्रस्त मुलपानी स्वास्थ्य केन्द्रमा यसैगरि तीन बर्ष सेवा गर्दा डक्टर रौनियारलाई कतिले त भगवान नै हुन समेत भनेका छन् । त्यो डाक्टर रौनियारको सरल तरिकाको सेवा साथै मिठो बोलिको कारणले र मेहनतले उनलाई यहाँको सर्वसाधरणले भगवानको दर्जामा नै राखेका थिए ।

षडानन्द नगरपालिकाको आर्थिक बर्ष २०७९÷०८० मा निर्मित कार्यक्रम महिलाहरुको आङ खस्ने समस्या मुक्त नगर निःशुल्क उपचार तथा महिला स्वास्थ्य सम्बन्धी सचेतना सम्बन्धिको कार्यक्रममा षडानन्द नगरपालिकाको प्रत्येक वडा वडामा पुगेर सेवाग्राहीको सेवा गरे ।

त्यस्तै अपाङ्गता भएका व्यक्तिहरुको परिचयपत्र वितरण शिविरमा उनले सक्रिय उपस्थिति साथै वडा वडामा पुगेर सेवा प्रदान गरे यसरी विभिन्न समस्याको चुनौतीलाई चिर्दै सेवा दिएका डक्टर रौनियारलाई उनको मेहनत, लगनशिलतालाई उच्च सम्मान गरि नगरपालिकाले १०८ आबाल ब्रम्हाचारी षडानन्द अधिकारीको १८९ औं जन्म जयन्तीको अवसरमा सम्मान–पत्रद्धारा सम्मानित भएका थिए ।

यसैगरि सहज, सरल र मिठो बोलिबचनका साथ विरामीको गुणस्तर सेवा गर्ने डाक्टर रौनियार अन्तत त्रिभुवन विश्वविद्यालय अन्र्तगत यु.सि.एम.सि कलेज भैरहवामा उच्च शिक्षा एम.डि अध्ययनको लागि मिति २०८० चैत्र २७ गते मा यहाँबाट विदा भए । यसरी आफ्नो भन्दा सेवाग्राहीको धेरै चिन्ता गर्ने डाक्टर शुभम् कुमार रौनियारलाई उज्वल भविष्यको हार्दिक शुभकामना सहित सम्मान्!

तपाईको प्रतिक्रिया