संखुवासभा, संखुवासभाको निमार्णाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको पावर हाउस पुखुवाको सुरुङभित्र ढुङ्गाले लागेर एक मजदुर गम्भीर घाइते भएका छन् । घाइते हुनेमा सिन्धुपालचोकका ३६ वर्षीय हरि तामाङ रहेका छन् ।
अरुण तेस्रोको पावर हाउस पुखुवाको सुरुङभित्र काम गरिरहेका बेला माथिबाट खसेको ढुङ्गाले लागेर सिन्धुपाल्चोकका ३६ वर्षीय हरि तामाङ गम्भीर घाइते भएका हुन् । तामाङको जिल्ला अस्पताल खाँदबारीमा उपचार हुन नसकेपछि शनिवार धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको जिल्ला अस्पताल खाँदबारीले जनाएको छ ।





