मादी, संखुवासभाको मादी नगरपालिकामा दुई बेडको क्वारेन्टाइन निर्माण गरिएको छ । कोरोना संक्रमणबाट साबधानी अपनाउन क्वारेण्टाईन निर्माण गरिएको हो। नेपाल रेडक्रससोसाईटी उपशाखा मादीको हलमा क्वारेण्टाईन निर्माण गरिएको प्रमुख प्रशासकिय अधिकृत गोरखनाथ मिश्रले बताए ।

अन्य स्थानमा थप उपचारका लागि लैजानु परेमा मादी स्वास्थ्य चौकीको एम्वुलेन्स र नगरपालिकाको गाडी तयारीका साथ राखिएको छ । यस्तै मादी छिर्ने नाकाहरुमा सेनिटाईजर छर्कने तयारी पुर्णरुपमा गरिसकिएको प्रमुख प्रशासकिय अधिकृतले बताए ।

कुनै पनि व्यक्ति मादी प्रवेश गर्नुपर्ने अवस्थामा नगर स्वास्थ्य कार्यालय प्रमुख सुरेशराज दाहाललाई खबर गर्नुपर्ने बताइएको छ । घरबाट अतिआवश्यक काम बाहेक बाहिर नजान साथै सम्यमता अपनाउदै सुरक्षित रहन मेयर विदुरकुमार लिङ्थेपले मादीबासीलाई आग्रह गरेका छन्।

नगरपालिका र प्रहरिले मंगलबार नै नगरपालिकाका विभिन्न स्थानमा सचेतनाको लागि माईकिङ गरिएको मिश्रले जानकारी दिए ।

तपाईको प्रतिक्रिया