संखुवासभा, कोरोना भाइरसको त्रास बढेसँगै घोषणा गरिएको लकडाउनका कारण संखुवासभामा ज्याला मजदुरी गरि जीवीकोपार्जन गरिरहेकाको बिजोग भएको छ । खोटाङ घर भई संखुवासभा सदरमुकाम खाँदबारीमा ज्याला मजदुरी गर्दै आएका रत्नमान बिकले यतिवेला आफ्नो परिवार भोकमरीमा परेको बताए ।
रोजगारी गरौं काम पाइँदैन, काम नभएपछि यो महँगीमा परिवार बचाउनै नसकिने परिस्थिति आइप¥यो । काम पाएदेखि जस्तोसुकै परिस्थिति आइलागोस गर्थें ।
आर्थिक समस्याका कारण यतिबेला परिवार समस्यामा परेको छ । तीन महिनाअघि रोजगारीको खोजीमा खोटाङको सुङ्देलबाट संखुवासभाको सदरमुकाम पसेका उनले ज्याला मजदुरी गर्दै परिवारको बिहान बेलुकाको गर्जो टार्दै आएका थिए ।
अहिले लक डाउनको घोषणाले उनले कुनै काम पाउन सकेका छैनन् । काम पाए त गर्थें तर कसैले यतिबेला काम दिँदैनन् । गाउँमा काम छैन सहरका मान्छे सबै ढोका थुनेर बसेका छन् । कोरोनाको संत्रासले सबै आ–आफ्नै तालमा छन् हामी जस्ता गरिबको बिचल्ली छ ।
आफ्नो गाउँमा रोजगारी नपाइएकाले भएको पाखोबारी छाडेर श्रीमती र ३ सन्तानसहित खाँदबारीमा डेरा बस्दै आएका उनले सदरमुकाम रित्तो हात आएको तीन महिना मात्र भएकाले परिवारका लागि आर्थिक जोहो गरिनसकेको बताए । उनले ज्याला मजदुरी काम गर्दै आएको सडकको ठेकेदारले कोरोना लाग्नसक्ने भन्दै २ साता बढीको ज्याला रकम भुक्तानी नगरी घर गइदिएकाले पनि आफू समस्यामा परेको बताए ।
उनीमात्र होइन सदरमुकाम खाँदबारीमा बिहान बेलुकाको गर्जोका लागि ज्याला मजदुरीमा डटेका सैयौं मजदुरले दैनिक काम गर्ने वातावरण नभएकाले आफूहरूलाई समस्या परेको गुनासो गरेका छन् ।
भोजपुरबाट ज्याला मजदुरीको काम पाइने लोभमा सदरमुकाम खाँदबारी आएका तीर्थ रम्तेलको समस्या पनि उस्तै छ । अहिले आफ्नो परिवार पाल्न भएको बाख्रा कुखुरा सबै बेचिसक्यो तर पनि लक डाउन भएका कारण श्रम गर्ने वातावरण तैयार हुन नसक्दा उनको परिवारको बिचल्ली सुरु भएको उनको भनाइ छ । ५ जनाको परिवार छ । लाला बालाको रेखदेख गर्दै पालो पालो गरी श्रीमान्–श्रीमती काममा जान्थ्यौं तर, आधा महिना बित्यो बेरोजगार भएको १ खसी २ माउँ बाख्रा र आधादर्जन कुखुरा सस्तैमा बेचिदियौं । अब यो झुप्रोबाहेक केही छैन कसोरी टिक्नुहोला । उनको गुनासो छ ।
सरकारले यस्तो बेलामा गरिबका लागि राहतका कार्यक्रम ल्याउन पथ्र्यो । यस्तै अवस्था लामो समय रहे आफूजस्ता गरिबले परिवार पाल्नका लागि ढाँट्न र चोर्न सिवाय अरू उपाय केही देख्दिन् । स्थानीय सरकारले राहत दिने भन्ने कुरो त समाचारमा सुनिन्छ तर हामी त अर्कै जिल्लाका प¥यौं । त्यसैले राहत दिएपनि पाइँदैन होला उनले दुखेसो पोखे । यस्तो बेलामा कसैले कसैलाई हेर्दैन रै’छ ।
छरछिमेक पनि आफ्नै परिवार कसरी जोगाउँ भन्ने तालमा छन् यस्तो बेलामा न कसैले उधारो दिन्छन न कसैले सापटी । यस्तो विषम परिस्थितिमा आफूजस्तो गरिब र बिपन्नका लागि सरकारले केही सहुलियत ऋणको व्यवस्था गरे पनि बरु झुप्रो राखेरै भए पनि परिवारको दुखजिलो टाथ्र्यौं तर यो समयमा सबै तिर बन्द छ । यस्तो अवस्थामा कसरी घरपरिवार चलाउनु भनेर उनी दुखेसो पोख्छन् ।