खाँदबारी नगरपालिको वडा नम्बर ३ ले बिहिबार लकडाउनले समस्या परेकाहरुलाई राहत स्वरुप खाद्यान्य वितरण गरेको छ । वडा कार्यालयमा एक कार्यक्रम गरी दैनिक ज्यादारी गर्नेहरु कोरोना भाइरसका कारण गरिएको लकडाउनले खाद्यान्नबाट बन्चित हुन नदिन चामल सहितको खाद्यान्न वितरण गरिएको वडा अध्यक्ष भरत घिमिरेले जानकारी दिनुभयो ।
वडा नंं. ३ का मजदुर, अश्रित परिवार, निम्न आयश्रोत भएका १ सय ५ परिवारलाई राहत सामग्री वितरण गरिएको वडा अध्यक्ष घिमिरे बताए । प्रति परिवार ४ जना भएकालाई १० केजी चामल र ४ जना भन्दा माथी परिवार भएकालाई १५ केजी चामलका साथमा नुन, तेल, न्युटेला सहितको राहत सामग्री वितरण गरिएको वडा कार्यालयले जनाएको छ । खाँदबारी नगरपालिकाको वडा स्थतरमा पहिलो चरण जनचेतनाको कार्यक्रम र दोस्रो चरण राहात वितरणको काम भइरहेको छ ।
राहत वितरण कार्यक्रममा खाँदबारी नगरपालिकाका प्रमुख मुरारी खतिवडा, नेकपाका जिल्ला अध्यक्ष हेमराज घिमिरे, नेपाली कांग्रेसका सभापति दिपन कुमार श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष इन्द्र गिरी लगायतको उस्थिति रहेको थियो । राहात वितरण कार्यक्रममा बोल्दै दलका प्रमुखहरुले बिहिबार जनताहरुलाई कोरोना भइरसको संक्रमणबाट जोगीन अनुरोध गरेका छन् ।
लगडाउनको पुर्ण पालना गरि निमित सावुन पानीले हात धुने, वाहिर बाट आएका मानिसहरु सँग नजिक नहुने, परिवारमा विदेशबाट आएका कोही भए होम क्वारेन टाइनमा राख्न अनुरोध गरेका छन् । अनावश्यक आवतजावत गर्ने, स्थास्थ्यमा समस्या देखिएमा तुरुन्त स्थास्थ्य संस्थामा देखाउन उनिहरुको भनाई छ । विश्वभरी फैलिएको महामारी सँग लड्न सबैले आफ्नो ठाउँबाट सक्ने सहयोग गर्न भनेका छन् ।
खाँदबारी नगरपालिकाले पहिलो प्याकेज अनुसार नगरको वडा नं। १ र ९ लाई ७५ हजार र अन्य वडालाई ५० हजारका दरले राहात सामग्री दिने गरि रकम छुट्याएको थियो । वडाले छनौट गरेका निम्न स्तरका नागरिकहरुलाई खाँदबारी नगरपालिकाले राहात वितरण गरेको हो ।