संखुवासभा, संखुवासभामा चट्याङ लागेर एक जनाको ज्यान गएकोे छ । भारी वर्षासंगै परेको चट्याङले पाँचखपन नगरपालिका २ की डम्बर कुमारी राईको ज्यान गएको वडाध्यक्ष उत्तम दाहालले जानकारी दिए । शनिबार राती साढे सात बजे घरमा नै बसिरहेको अवस्थामा चट्याङ परेको थियो । ५२ वर्षीय राईको घटनास्थलमा नै ज्यान गएको वडाध्यक्ष दाहालले बताए ।
चट्याङका कारण अन्य क्षति नभएको दाहालले जानकारी दिए ।